१३ श्रावण सुर्खेत । नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा गरिएको आरक्षण बचाऔं आन्दोलनलाई समाजवादी पार्टी कर्णाली प्रदेशले प्रेस विज्ञप्ती जारी गरेको समर्थन जनाएको छ ।
गत जेठ १५ गते देशभरी नौ हजार एकसय ६१ ज्ना कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खोलेको विज्ञापन वर्तमान नेपालको संविधान २०७२ को सामाजिक न्याय तथा समावेशीताका मुल भावना विपरीत विभेदकारी विज्ञापन विरुद्ध सरोकारवालाहरुले गरेको सडक आन्दोलनलाइ समाजवादी पार्टी नेपाल कर्णाली प्रदेशले पार्टीले पुर्ण समर्थन र एक्युवद्धता रहेको विज्ञप्ति मार्फत बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले प्रदेश लोकसेवा आयोग मार्फत स्थानीय तहको कर्मचारी पदपुर्ति गर्ने स्पष्ट व्यवस्था हुँदा हुँदै पनि संघिय लोकसेवा आयोगले संवैधानीक र कानुनी दायराभन्दा बाहिर गएर कर्मचारी भर्ना गर्न लागेको प्रति पार्टीको घोर आपत्ति रहेको प्रदेश अध्यक्ष भिमबहादुर मल्ल र सुर्खेत जिल्ला अध्यक्ष यादव गुरुङले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै लोकसेवा आयोग र संघिय मामिला मन्त्री लालबावु पण्डितको उक्त विभेदकारी विज्ञापनलाइ नै कायम राख्ने गैर संवैधानिक हर्कतप्रति पार्टीले कडा शब्दमा भत्सर्ना गरेको छ ।



Prawash Kumar Shakya । १३ श्रावण २०७६, सोमबार २१:२७ बजे