
२८ श्रावण, सुर्खेत । आरक्षण बचाउँ आन्दोलन अन्तरगत दोश्रो चरणको आन्दोलन कार्यक्रममा आज कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा आधा घण्टा धर्ना कार्यक्रम भएको छ ।
संविधानको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले प्रकाशित गरेको असमावेसी विज्ञापन र प्रकृया तुरुन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनः प्रकाशित गराउनका लागि विभेदकारी सरकारको विरुद्धमा आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपांगता भएका व्यक्ति,पिछडिएको क्षेत्रले थालेको आन्दोलन अन्तरगत प्रधानमन्त्री तथा मुख्यमन्त्रीहरुको निवासमा धर्ना कार्यक्रममा सुर्खेतमा पनि कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा धर्ना दिइएको हो ।
‘केन्द्रिय कार्यक्रम अनुसार हामी धर्ना दिन मुख्यमन्त्री निवासमा गएका थियौ । धर्ना २ घण्टाको थियो तर मुख्यमन्त्री बाहिर हुनुभएकोले हामीले आधा घण्टा मात्र धर्ना दिएका हौं ।’ नेपाली आदिवासी जनजाती महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटेले भन्नुभयो ।



Milan Shrestha । २८ श्रावण २०७६, मंगलवार १२:०९ बजे