मिलन श्रेष्ठ
२२, असार दैलेख । दैलेख, जिल्लाको नारायण नगरपालिकाले आफ्ना किसानहरुलाई भैंसी बितरण गरेको छ ।
नारायण नगरपालिका अध्यक्ष ध्रब श्रेष्ठले, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको १ करोड, कर्णाली प्रदेश सभा सदस्य अम्मर बहादुर थापाको सांसद पुर्वाधार विकास कोषबाट ४० लाख , नारायण नगरपालिका बाट ४० लाख र राष्ट्र सेबक बहुउद्देश्यीय सहकारी संस्था दैलेख बाट ३०लाख गरि जम्मा २ करोड रुपैयाँ मा १ सय १० वटा भैंसी खरिद गरि बितरण गरिएको जानकारी दिनु भयो ।
आज बितरण गरिएको एउटा भैसिको मूल्य १ लाख दशहजार सम्म परेको र १ सय दश वटा भैंसी खरिद गरिने जानकारि नगरपालिकाले दिएको छ । हाल सम्म नारायण नगरपालिकाकाका किसानहरुलाई हालसम्म जम्मा ६४ वटा भैंसी बितरण गरिएको छ ।
भैंसी भारत बाट नेपागंज ल्याई नेपागंज बाट खरिद गरिएको राष्टसेवक बहुउद्देश्यीय सहकारि संस्थाका अध्यक्ष खमबहादुर थापाले जानकारि दिनुभएको छ ।
नगरपालिकाको ११ वटा वडा मध्य वडा नंबर ८ मा भने किसानहरुले भैंसी नपाउने भएका छन् । नारायण नगरप्रमुख रत्न बहादुर खड्कालेका अनुशार ८ नम्बर वडा अध्यक्ष दलबहादुर खत्रीलाई किसानहरुको नामावली संकलन गरेर दिनुस भनेको हो , सो समय उहाँ उपचारको क्रममा बाहिर जानू भएकोले वडामा कार्यबाहक अध्यक्ष भुपाल थापा बाट किसानको नामावलि आएको थियो , पछि नामावलि अध्यक्ष खत्रिलाई नै हेरफेर गर्न दिएको हो ।
तर ८ नंम्बर वडामा नामावलि संकलन्कै क्रममा बिवाद आएपछि बितरण हुन सकेन । संचार माध्यममा आए जस्तै मैले १३ जना फलानो पार्टिका र ७ जना फलानो पार्टिकालाई देउ भनेको होईन ।
८ नम्बर वडाका किसानहरु आफ्नो वडामा भैंसी बितरण नहुने भएपछि आक्रोसित भएका छन्। यता नगरपालिका ले भने बितण प्रकृयामै बिबाद भए पछि ८ नम्बर वडामा भैंसी बितरण हुन सकेन र सो वडाको लागि छुटयाएको बजेट फ्रिज भएको जानकारी दियो । तर अर्को बर्ष उक्त वडामा भैंसी बितरण गरिने छ ।
भैंसीको गोठ सुधारका लागि भैंसी पाउने किसानहरुबाट जनहि दशहजारका दरले रुपैयाँ संकलन गरिएको छ ।



Milan Shrestha । २२ असार २०७७, सोमबार १८:०० बजे