महिला संघ संगठन सुदृढिकरणमा क्रियाशिल हुने


जेठ २४, कालीकोट ।

नेपाल महिला संघ कालीकोटले संगठन सुदृढिकरणमा सक्रिय हुने भएको छ । नेपाल महिला संघ कालीकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा यस्तो निर्णय गरीएको हो ।

भद्रा शाहीको अध्यक्षता, पार्टी सभापति हर्ष बमको प्रमूख आतिथ्यतामा सम्पन्न भएको प्रशिक्षणमा अब नेपाल महिला संघ कालीकोटले कांग्रेसलाई बलियो बनाउन र संगठन सुदृढीकरण गर्न वडा वडामा महिला संघका नेताहरु सक्रिय भएर लाग्ने बिषयमा छलफल गरीएको छ ।

नेताहरु हिक्मत बिस्ट, छाया सुनार, शुशिला बम शाही, अमलराज शाही, दमन बम लगायतकाले सहजीकरण गर्नुभएको प्रशिक्षणमा नेपाली कांग्रेस, महिला संघ, महिलाका अधिकार तथा मूलुकको बर्तमान अबस्था र महिला संघले खेल्नु पर्ने भूमिकाका बारेमा जोड दिइएको कांग्रेस कालीकोट सहसचिव दमनबहादुर शाहीले जानकारी दिनुभएको छ ।