
३० श्रावण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेत संस्कृति जोगाइ राख्नकालागि अगाडी मानिदै आएको छ । गँठे मंगल देखि शुरुहुने विभिन्न जात्राहरु लाटीकोइलीमा मनाइने गरिन्छ ।
पहिला वीरेन्द्रनगरको धेरै ठाउँबाट जात्राहरु निकाल्न गरिन्थ्यो तर समय परिवर्तन संग जात्रा निकाल्ने लोप हुँदै गए तर लाटीकोइलीमा मात्रै नियमित जात्राहरु निकाल्ने गरिएको छ ।

यसबर्षको गँठेमंगल देखि विभिन्न जात्राहरु निकाल्ने शुरु भएको छ । आज (विहिवार) बुढी (टाकटुके) गाइजात्रा निकालिएको छ ।
नेवार समुदायमा विषेशत मृतकको सम्झनामा जात्राहरु निकालिने गरिन्छ । आज वीरेन्द्रनगर ८ इत्राम निवासी स्व. हरिकलादेवी श्रेष्ठ र वीरेन्द्रनगर ९ पातालगंगा निवासी स्व. रामबहादुर श्रेष्ठको सम्झनामा लाटीकोइलीमा बुढी गाइजात्रा निकालिएको हो ।




Milan Shrestha । ३० श्रावण २०७६, बिहीबार १८:५१ बजे