अपराधका कारणहरु अशिक्षा, घरेलु हिंसा तथा गरिवी- प्रदेश प्रहरी प्रमुख


२७ मंसीर, सुर्खेत । कर्णाली प्रदेशमा अपराध न्यूनीकरण, सवारी दुर्घटना तथा शान्ति सुरक्षाकालागि प्रदेश प्रहरीले आफ्ना योजनाहरु आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

कर्णाली प्रदेश प्रहरीले प्रदेशको शान्ति सुरक्षा एवं अपराध न्यूनिकरणकालागि प्रदेशमा मापसे चेकजाँचकालागि ब्रेथलाईजर मेसिन, विभिन्न स्थानमा आवश्यकता अनुसार ट्राफिक लाइट, पार्किङ्ग, सवारी चालकहरुकालागि रिफ्रेस सेन्टर, डाटा सेन्टरको स्थापना तथा आत्महत्या विरुद्ध सचेतना अभियान, महिला तथा बालबालिका सम्बन्धी अपराध न्यूनीकरण गर्नकालागि प्रदेशका १० जिल्लामा विभिन्न कार्यक्रम संचालन गर्ने कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले बताउनुभयो ।

विगत ३ बर्षको आँकडामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सबै भन्दा बढी आत्महत्या गर्ने गरेको त्यसको प्रमुख कारण वेरोजगारी, महिलावर्गहरुमा आत्मनिर्भर नहुनु, परपुरुष तथा परस्त्रीसंगको सम्बन्ध, सामाजिक कुरित, असफल प्रेम जस्ता विभिन्न कारण रहेको र यि सबै अपराधका कारणहरु विषेश गरेर अशिक्षा, घरेलु हिंसा तथा गरिवी रहेको र बलात्कार अपराधमा पनि राजधानी सुर्खेत नै अगाडी रहेको प्रमुख शाहले बताउनुभयो ।

प्रमुख शाहका अनुसार प्रदेशमा घरेलु हिंसामा दैलेख जिल्ला र सुर्खेत अग्रपंङ्तीमा रहेको र यस्को मुख्य कारण मदिरा सेवन रहेको छ ।

त्यस्तै प्रदेशमा उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालयले पुरस्कृत पनि गरेको छ ।