कालिकोट अस्पताल विकास समितिको अध्यक्षमा सिंह


२६ भदौ २०७४ कालिकोट । जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा दश बर्षे जनयुद्धमा स्वास्थ्य प्रमुख रहेका कृष्ण बहादुर सिंह ‘गुराँस’ नियुक्त भएका छन् । सिंहलाई  स्वास्थ्य मन्त्रालयले २ वर्षका लागि नियुक्त गरेको हो । दश बर्षे जनयुद्ध कालमा माओवादी सेनाको स्वास्थ्य प्रमुखको रुपमा काम गरि सकेका सिंहलाई अस्पताल विकास समिति गठन आदेश २०६९ को दफा ३.२ को क बमोजीम २ बर्षको कार्यकाल रहने गरि अध्यक्षमा नियुक्त गरेको  हो ।

कालिकोट जिल्लाको विभिन्न ३ वटा ठाँउमा  मेडिकल संचालन गरि स्वास्थ्य क्षेत्रमा काम गरि रहेका सिंह आफु कालिकोटका बस्तीहरुमा परिचित रहेको बताउँदै कालीकोटका हरेक गाउँ बस्तीमा नयाँ जिम्मेवारीलाई कुशलता पूर्वक वहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।