पत्रकार शर्माको उपचारकालागि सहयोग रकम जुट्दै


सहयोग रकम हस्तान्तरण गर्दे नागरिक दैनिक दैलेखकका सम्बादाता गोबिन्द केसि । तस्वीरः गोबिन्द केसिको फेसबुकबाट ।

सुर्खेत । लामो समय देखि बोनम्यारो रोगबाट पीडित सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको उपचारमा सहयोग हातहरु जुट्ने क्रममा कमी भएको छैन भने सहयोग रकम पनि संकलन भईरहेको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतले सन्चालन गरेको डीलप्रशाद शर्मा बचाउ अभियान अन्तर्गत आईतबार मात्र पीडित डिलप्रकाश शर्माको उपचारका लागी दैलेखका पत्रकारका साथै अन्य जिल्लाबाट कामको शिलशिलामा दैलेखमा रहेका पत्रकाहरुले रकम सहयोग गरेको छन् जुन नामावली यस प्रकार रहेको छः–
नेपाल पत्रकार महासघ कर्णाली प्रदेश सदस्य गोबिन्द केसि ५ हजार ।
दैलेख शाखा अध्यक्ष चक्र केसि १०हजार ।
त्रिरत्न अनलाइन मिडिया सुर्खेत सह सम्पादक मिलन श्रेस्ठ ५ हजार ५ रुपैया ।

एपिवान एचडि टेलिभिजन दैलेख सम्बादाता विशाल सुनारले ३ हजार नगद गरी कुल २३ हजार रुपैया आईतबार नै नागरिक दैनिक दैलेखकका सम्बादाता गोबिन्द केसिले नेपाल पत्रकार माहासंघ सुर्खेत शाखाका सचीव सुदिप पुरीलाई हस्तान्तरण गर्नू भएको छ भने नेपाल पत्रकार महासघ सुर्खेत शाखाले सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गरेको छ ।