एयर इण्डियाको विमान अहमदाबादमा दुर्घटना


नयाँ दिल्ली, भारत – भारतको इतिहासमै एउटा सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिने आजको दुर्घटनामा एयर इण्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेपछि तुरुन्तै दुर्घटनामा परेको छ ।अहमदाबाद विमानस्थलबाट दिउँसो करिब १:३८ बजे उडान भर्‍ने बित्तिकै लन्डनतर्फ उडेको विमान दुर्घटनामा पर्दा विमानमा सवार २ सय ४२ मध्ये २ सय ३२ जना यात्रु र १० जना चालक दल सदस्य मध्ये अधिकांशको मृत्यु भएको आशंका गरिएको छ । एआई १७१ (AI 171) उडानमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगाली नागरिक सवार थिए ।

चिकित्सा कलेजको होस्टेलमा ठोक्कियो विमान

दुर्घटनास्थलको विवरण अनुसार विमान एउटा मेडिकल कलेजको डाक्टरहरूको होस्टेलमा ठोक्किएको थियो। घटनास्थलका दृश्यहरूमा डाइनिङ हलको पर्खाल छेडेर टुक्रा पसिरहेको देखिन्छ, जहाँ अझै केही थालमा खाना बाँकी रहेको देखिएको छ ।

विमानले सन्तुलन गुमाउँदै जमिनमा ठोक्किएर ठूलो आगोको गोलामा विष्फोट भएको भिडियोहरू सार्वजनिक भएका छन् । विमानमा लन्डनसम्मको लामो दूरीको उडानका लागि पूर्ण इन्धन भरिएको थियो, जसले विष्फोटको भयावहता थपाएको बताइएको छ ।

‘मेडे’ कलपछि सम्पर्क विच्छेद

उडान भरेको केही मिनेटमै पाइलटले आपतकालीन ‘मेडे’ कल गरेका थिए, तर त्यसपछि एयर ट्राफिक कन्ट्रोलको पटक–पटकको प्रयासका बाबजुद विमानसँग पुन: सम्पर्क हुन सकेन । डि.जी.सी.ए. (DGCA) का अनुसार विमान ८२५ फिटको निकै कम उचाइमा नै गम्भीर ‘लिफ्ट फेलियर’ (उडानमा उठ्न नसक्ने अवस्था) को शिकार भएको थियो। विमान उड्न असमर्थ रहेको प्रस्ट देखिन्थ्यो, विमान विज्ञ संजय लाजरले बताएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय समाचार ऐजेन्सीहरुको सहयोग