
सुर्खेत १९ पौष कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुर्खेतद्वारा दैलेख र सुर्खेतकामा कार्यरत पशु स्वास्थ्य प्राविधिकहरु संग आज आयोजित जुनोसिस रोग सम्बन्धी जनचेतनामुक गोष्ठीमा मन्त्री केसीले कर्णालीमा काम गर्ने कर्मचारीहरुलाई हौसला प्रदान गर्न सरकारले प्रोत्साहन गर्ने बताउनुभएको हो । कर्णालीमा बसेर राम्रो काम गर्ने कर्मचारी, समूह सहकारी, कृषकहरु लगाएतकालाई सम्बन्धीत काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालु आ.व.मा रु ७० लाख वजेट विनियोजित गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री केसीले वजेटको कार्यन्वयनमा इमान्दारीताका लाग्न कर्मचारीलाई आग्रह गर्नुभयो ।
कर्णालीमा पशुका लागी एम्बुलेन्स कर्णालीका जिल्लाहरुमा विरामी पशुहरुका लागी एम्बुलेन्स सेवाको ब्यवस्था गर्नुपर्ने पशु प्राविधिकहरुले माग गरेका छन ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले कार्यक्षेत्रमा पशुसेवाका कामहरु प्रभावकारी बनाउनका लागी कम्तीमा विरामी पशुहरुका लागी उपचारमा सहजता ल्याउन एम्बुलेन्सको ब्यवस्था र रोग निदान गर्न भिडियो एक्सरे को ब्यवस्था गरेमा सहजरुपमा सेवा प्रवाह गर्न सकिने चौकुने गाँउपालीका सुर्खेतका पशु सेवा शाखा प्रमुख भोजराज चपाईले बताउनुभयो । कृषकहरुले उत्पादन गरेका वस्तुहरुको विमा नहुदा निकै समस्या भएको भन्दै प्रदेश सरकारले तत्काल विमाको ब्यवस्था गर्न मन्त्री केसीलाई सुझाव दिइएको चपाईले जानकारी दिनुभयो ।
पशुविमा र वाली विमा प्रदेश सरकारले गर्नुपर्ने चपाईको भनाई छ । स्थानीय तहमा कृषि प्राथमिकता नपरेकाले अब प्रदेश सरकारले शसर्त अनुदानको ब्यवस्था गर्नु पर्ने कर्मचारीको भनाई छ । कार्यक्रममा सहभागी कर्मचारीले मन्त्री केसीसंग पशुसेवामा वजेटको कमी तथा अभाव भएको र समयमा वजेट निकाशा नहुदा सेवा प्रवाहमा समस्या भएकाले मन्त्रालयले वजेटको ब्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।



Milan Shrestha । १९ पुष २०७५, बिहीबार २०:१३ बजे