समाजिक कार्यमा एलिजा ,गरीब र असाहयको लागि ७७ जिल्लामानै घर निर्माण गर्दै


०२ पुस, सुर्खेत । पछिल्लो समय कलाकारितासँगै सामाजिक कार्यमा पनि कलाकारहरू निकै सक्रिय बनिरहेका छन् । कलाकार धुर्मुस–सुन्तली समाजसेवामा सक्रियरुपमा लागेसँगै धेरै कलाकारहरु सामाजिक काममा आकर्षित हुनुभएको छ ।

ट्रेन्ड जस्तै बनेको समाजिक सेवामा अभिनेत्री स्वेता खड्का लगायतका केही कलाकारिता भन्दा बढी यता तिर व्यस्त छन् ।अब यस्तै समाजिक कार्यमा हात हाल्ने लिस्टमा नायिका एलिजा गौतम थपिनु भएको छ ।

सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउन्डेसनले धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भेगहरूमा गरिब, असहायहरूको घर बनाइदिने निर्णय गर्नु भएको हो । एलिजाले सामाजिक कार्यको लागि स्थापना गर्नु भएकी एलिजा फ़ाउन्डेशनमार्फत काम गर्ने समाजिक सन्जालबाट जानकारी दिनु भएको हो ।
चर्चित पत्रकार ऋषि धमलासँग विवाह गरेर चर्चामा आउनु भएकी एलिजाले ‘अनुराग’ फिल्म मार्फत रजतपटमा पाइला टेक्नु भएको थियो । यद्दपी उहांलाई सफलता म्युजिक भिडियोले दिलायो । उहांले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो ।