
काठमाडौं । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले आफुलाई सांसद नबनाएको भन्दै निर्वाचन आयोगविरुद्ध मुद्धा हालेका छन । पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै आफु सांसद बन्न सक्ने अधिकार संविधानले अधिकार सुरक्षित गरेपनि निर्वाचन आयोगले नमानेको भन्दै उनले आइतबार सर्वोच्च अदालतमा मुद्धा दायर गरेका हुन । समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएको थियो । सिंहले आफुलाई सांसद नबनाउने आयोगको निर्णय उत्प्रेसणको आदेशबाट बदर गराउन माग गरेका छन ।
साभार :समाचार दैनिक अनलाइन ।



Milan Shrestha । ८ फाल्गुन २०७४, मंगलवार १४:४७ बजे