एशियन लाईफ इन्स्योरेन्सद्धारा चेक हस्तान्तरण


मृतक कृष्णकुमारी कटुवालको श्रीमान श्री हस्तबहादुर कटुवालाई चेक हस्तान्तरण गर्दे नगरप्रमुख रत्नबहादुर खड्का ।

भदौ,१८ दैलेख । सामाजिक सुरक्षा र बचतको लागी वीमा गरौं भन्ने उद्देश्यका साथ संचालन भएको एशियन लाईफ ईन्स्योरेन्स प्रस्तावित शाखा दैलेखलेबिरामी भएर उपचार गराउदै गर्दा निधन भएकी स्वर्गिय कृष्णकुमारी कटुवालको परिवारलाई बिमा रकम हस्तान्तरण गरेको छ । नारायण नगरपालिका वडा नं.४ सोत घरभई हाल वडा नं.६मा व्यसाय गर्दे आईरहनु भएका कटुवालको परिवारलाई बिमा रकम हस्तान्तरण गरिएको हो । उहांको यहि असार १३ गते उपचार पश्चात  निधन भएको थियो ।

कटुवालले एशियन लाईफ ईन्स्योरेन्समा १५ बर्षिय एशियन सावधिक जीवन बीमा योजना अन्तर्गत १ लाख रुपैयाको बीमा गर्नुभएको थियो । उहांको २०७६ साल असार १३ गतेका दिन निधन भएपछि प्रस्तावित शाखा दैलेखले नारायण नगरपालिका ६ मा एक कार्यक्रमका बिच बुधबार रु १ लाख २४ हजार ६ सय रुपैयाको चेक उहांका श्रीमान हस्तबहादुर कटुवाललाई हस्तान्तरण गरिएको एशियन लाईफ ईन्स्योरेन्स दैलेखका बिजनेश म्यानेजर लक्ष्मिप्रसाद जैसीले जानकारी दिनुभयो । कटुवालले पांच किस्ता वापत रु ३४ हजार ६ सय २५ रुपैया कम्पनीमा बुझाउनु भएको थियो ।

मृतक कृष्णाकुमारी कटुवालको तस्विरमा मालाअर्पण गर्दे नगरप्रमुख खड्का ।

होटल व्यवसाय संचालन गर्दे आउनु भएका मृतका श्रीमान् हस्तबहादुर कटुवालले आफ्नो श्रीमतीले बेलैमा सोचेर जीवनवीमा गरिदिएको हुदा आज उनी नरहेता पनि उनको मृत्यु पश्चात प्राप्त गरेको वीमाको रकमले आफ्नो सन्तानको उच्च शिक्षाका लागी केहि राहत हुने बताउदैै जीवनवीमा नगर्नु भएकालाई जीवनवीमा गर्नका लागी अनुरोध गर्दे यसरी मृतककै घरआंगनम आएर रकम हस्तान्तरण गरेको प्रती खुशी व्यक्त गर्दे धन्यबाद समेत ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी एवंम् नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्नबहादुर खड्काले जीवन बीमाको भविष्य उज्जवल भएको कुरामा जोड दिदै आफ्नो नगरपालिकाले पनि नगरपालिका भित्र रहेका कर्मचारीहरुको जीवन बीमा गराउने, अनिवार्य गर्नुका साथै आफ्नो नगरभरी बीमा योजना शुरु गर्ने बताउनु भयो । खड्काले हामी सबै जना लागेर बीमा सम्बन्धि चेतना फैलाउन अनिवार्य रहेको हुदा चेतना अभिबृद्धि गराउने प्रती आफूले ब्यापक छलफल गरी नागरिकलाई सु–सुचित गर्ने कार्यमा वा कामका लागी सबैको सहयोगको अपेक्षा समेत गरेको बताउनु भयो ।

उहांले थप्नु भयो,जीवन वीमाको खांचो सबैलाई रहेको र आजको बचतले भोलिलाई सहज बनाउने रहेछ तसर्थ घर–आंगनमा आउने अभिकर्ताहरुको कुरा राम्रोसंग बुझेर वीमा गर्नुपर्ने बताउदै मृतकको परिवारलाई, यसरी आफ्नो व्यक्तिले जीवनवीमा गरी दिए वापत वीमावाट प्राप्त रकम नावालक छोराछोरीको शिक्षादिक्षा र उचित कार्यमा प्रयोग गर्नका लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रमका सभापती एवंम् एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख मिलन श्रेष्ठले, जीवनवीमाको महत्वको बारेमा जानकारी गराउदै हाल सम्म पनि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी नपाएको औल्याउनु भयो , चेक हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले यदि मानिसहरुले जीवन बीमाको बारेमा राम्रो संग जानकारी पाएको भए बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएता पनि  नेपालमा रहेको सबै बिमा कम्पनीहरुले ३०० जनाको मृत्यु दाबि भुक्तानी मात्र बितरण गरेका थिए भने जस अन्तर्गत एशियन लाईफ इन्स्योरेन्स कम्पनिले ६५ जना मृतकहरुको परिवारलाई मृत्यु रकम भुक्तानि गरेको थियो । श्रेष्ठका अनुशार हाल सम्म नेपालको जनसंख्याको कुल २५ प्रतिशत जनताहरुले मात्र जीवन बीमा गरेको तथ्यांक रहेको बताउनु भयो । यसै गरी सभापती श्रेष्ठले, अहिलेको समयमा जीवन वीमा कम्पनीले धेरै बेरोजगारीहरु लाई रोजगारी सृजना गर्ने कार्य गरेको बताउदै सर्वसाधारणहरुले जीवन वीमा गर्दा बजारमा चलेको हल्ला भन्दा पनि राम्रो बीमा कम्पनीमा वीमा गर्न अनुरोध समेत गर्नु भयो ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रस्तावित शाखा प्रमुख प्रबन्धक मिलन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमम स्थानीय समाजसेवी, शाखाका एजेन्सी म्यानेजरहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण अभिशेष सोनीले गर्नु भएको थिया ।