गा.वि.स. स्तरीय अभिमुखिकरण


orientation news photoमिलन श्रेष्ठ

सुर्खेत,२० असार । यूएसएआइडीको आर्थिक सहयोग , सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित कृषि स्वास्थ्य तथा बैकल्पिक जीबिकोपार्जन प्रबर्द्धन कार्यक्रम (पहल) अन्तरगत  गा.वि.स. स्तरिय अभिमुखिकरण कार्यक्रम सुर्खेत जिल्लाको लेखपराजुल गाविसमा संचालन भएको छ ।

पहल कार्यक्रम सञ्चालन भएका गाविसहरुमा रहेका विभिन्न सहकारी संस्था र सुन्दर नेपाल संस्थासंग सहकार्य गरेर काम गर्न सजिलो हुने उद्देश्यले अभिमुखिकरण आयोजना गरिएको पहल कार्यक्रमका बैल्किपिक जीविकोपार्जन वित्तीय सेवा अधिकृत मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

अभिमुखिकरण पछि सहकारी संघसंस्था मार्फत सहकारी शिक्षा सम्बन्धि तामिमहरु सञ्चालन गरिने उनले बताए ।

गाउँस्तरमा संचालन भएका विभिन्न समुह तथा सहकारी  समुह आवद्ध भएका सदस्यहरुको धारणा परिवर्तन गरी बित्तिय सेवामा पुहँच पुर्‍याउने र सहकारी सम्बन्धि शिक्षा दिने मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रमको उद्‍घाटन सत्रमा बोल्दै लेखपराजु गाविसका सचिव लालबहादुर खड्‍काले विपन्न वर्गहरुलार्इ पहुँचमा पुर्‍याउनको लागि सहकारीको महत्वपूर्ण भुमिका रहेको भन्दै गाउँमा स्थापना भएका सहकारीहरुलार्इ सहकारी अगुवाहरुले व्यवस्थापन गरेर अघि बढाउनुपर्ने बताए ।

‘सहकारी मार्फत सानो सानो पुंजीलार्इ संकलन गरेर ऋण मार्फत कसरी आफ्‍नो परिवारको आवश्यकता पुरा गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ’ उनले भने,

‘त्यसैले विपन्न वर्गहरुलार्इ पहुँचमा पुर्‍याउनको लागि यस तालिमले सहयोग पुर्‍याउने छ ।’ उनले आर्थिक उत्पादन नभएसम्म केही गर्न नसकिने भन्दै विपन्न वर्गहरुलार्इ आर्थिक रुपमा बलियो बनाउनको लागि सहकारी अगुवाहरु लाग्न जरुरी रहेको साथै गाविस स्तरमा गठित बिभिन्न समितीहरु सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिए ।

यस्तै कार्यक्रममा पहल कार्यक्रमका कृषि कार्यक्रम अधिकृत किरण कुमार मास्के, वास अधिकृत राजु चौधरी, प्राकृतिक श्रोत व्यवस्थापन अधिकुत राजेश गिरी, बिपद जोखिम न्युनिकरण अधिकृत गिता थापा र पहल कार्यक्रमकै बैकल्पिक जीविकोपार्जन एवंम बित्तिय सेवा अधिकृत मिलन श्रेष्ठले अभिमुखिकरण कार्यक्रममा आआफ्‍नो प्रस्तुति गरेका थिए ।

पहल कार्यक्रम अन्तरग कृषि, पोषण तथा सरसफार्इ, विपद्‍ जोखिम न्युनिकरण, प्राकृतिक स्रोत व्यवस्थापन, बैकल्पिक जीविकोपार्जन र वित्तीय सेवाको क्षेत्रमा रहेर कार्य गर्नका लागि जिल्ला कार्यक्रम सल्लाहकार समिति गठन भइसकेको छ ।

त्यसै गरी क्षेत्रीय अभिमुखिकरण कार्यक्रम अन्तरगत क्षेत्रीयस्तरका विभिन्न सम्बन्धित कार्यालयहरुवीचको उपस्थितमा अभिमुखिकरण भइसकेको छ । पहलले गाविस स्तरिय स्थानीय जोखिम व्यवस्थापन समिति गठन गरी सुर्खेतका ४ वटा गाविसमा अभिमुखिकरण कार्यक्रम भइसकेको छ ।  मध्य र सुदुरपश्चिमका  १४ जिल्ला सञ्चालन भएको पहल कार्यक्रम सन २०१९ सम्म सञ्चालन हुनेछ ।