
२० भाद्र, सुर्खेत । क्यान महासंघ सुर्खेत शाखाका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण सम्पन्न भएको छ ।
गत शनिवार वीरेन्द्रनगरमा सम्पन्न कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा सुर्खेतको सातौँ वार्षिक साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशनबाट निर्विरोध निवार्चित जिल्लाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।
कार्यक्रममा नवनिर्वाचित समितिको अध्यक्षमा तिलकप्रसाद आचार्य, उपाध्यक्षमा दलबहादुर राना, सचिवमा प्रवाशकुमार शाक्य, सहसचिवमा लोकेन्द्रबहादुर गिरी, कोषाध्यक्षमा जीवनकुमारी सिंजाली र सदस्यहरुमा यज्ञ खत्री, मानबहादुर खड्का, विर्षराज डिसी र टिकाप्रसाद ढकाल र उपेन्द्र मल्लले पदभार ग्रहण गर्नुभएको हो ।
पदाधिकारी तथा सदस्यहरुलार्ई पदरभार ग्रहण गराउँदै क्यान महासंघ सुर्खेतका संस्थापक अध्यक्ष तथा पदभारग्रहण कार्यक्रमका प्रमुख अतिथि रामकिशोर रावलले नवनिर्वाचित कार्य समितिले व्यवसायिक हितका लागि मात्र नभएर सुर्खेत जिल्लालाई प्रविधियुक्त जिल्ला निर्माण गर्नका लागि जोड दिनुपर्ने बताउनुभयो ।
विगतका तीतामिठा अनुभवहरुलाई भावी दिनका लागि आफ्नो मार्ग दर्शन मानेर सबैलाई एकताबद्ध बनाउनमा कुनैपनि कसुर बाँकी नराख्न समेत आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रमका अतिथि एवं निवर्तमान अध्यक्ष प्रेमप्रकाश चन्दले आफुले पुरा गर्न नसकेका कैंयौं कामहरु नवनिर्वाचित कार्यसमितिले पुरा गर्ने विश्वाश लिएको बताउनुभयो ।
नवनिर्वाचित समितिले यदि मेरो आवश्यकता महशुस गरेमा हरदम सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
गत शनिबार सम्पन्न कम्प्युटर एसोशियसन नेपाल महासंघ
(क्यान महासंघ) जिल्ला शाखा सुर्खेतको सातौँ वार्षिक साधारण सभा तथा पाचौँ अध्यक्षमा तिलक प्रसाद आचार्य सहितको ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको थियो ।
यसैवीच आगामी केन्द्रीय अधिवेशनकालागि सुर्खेत जिल्लाका तर्फबाट केन्द्रीय प्रतिनिधि छनौट हुनुभएका संस्थापक अध्यक्ष रामकिशोर रावलले केन्द्रीय समिति सदस्यकालागि उम्मेदवारी समेत घोषणा गर्नुभएको नवनिर्वाचित समितिका सचिव प्रवासकुमार शाक्यले जानकारी दिनुभयो ।



Milan Shrestha । २० भाद्र २०७६, शुक्रबार २२:११ बजे