
दैलेख, १८ जेठ । बिश्व सम्पदामा सूचिकृत दैलेखको पञ्च देवल यती बेला सौचालयमा परिणत भएका छन् । संरक्षण र प्रर्वद्धनको अभाव र सरोकारवालाहरुको ध्यान जान नसक्दा ऐतिहासिक सम्पदा सौचालयमा परिणत भएको स्थानियहरु गुनासो गर्छन् ।
यो स्थान ऐतिहासिक तथा पुरातात्विक हिसावले अत्यन्तै महत्वपूर्ण स्थान मध्येमा पर्दछ । ठूला ठूला पत्थर ढुङ्गाहरुलाई कलात्मक ढंगले देवालय निमार्ण गरिएको छ । बिगतमा स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा यसेको संरक्षण र प्रर्वद्धन तर्फ ध्यान जान नसकेको गुनासो सन्ने गरियता पनि जनप्रतिनिधिको आगमन भएको लामो समय सम्म पनि ध्यान जान नसक्दा यी सम्पदा सौचालमा परिणत भएको भुर्तिका स्थानिय पुण्य रेग्मी बताउँछन् ।
उनी भन्छन्, माल पाएर पनि चाल पाउन नसक्दा भएका सम्पदा समेत जीर्ण बन्दै गएका छन् भने स्थानीय र बटुवाका लागि सौचालय बनेका छन् । ठूला ठूला पत्थरहरुलाई गुम्बा जस्तै आकारमा जोडेर बडो आकर्षक र सुन्दर गरेर निर्माण गरिएका बिश्व सम्पदामा सूचीकृत सम्पदाको बेलैमा संरक्षण तर्फ ध्यान जान नसक्ने हो भने यो एकादेशको कथामै सिमित बन्ने छ ।
बिश्वकै ढुँगा कलाको एक अनुपम कलाको बिभिन्न भनाईहरु रहेता पनि पाँच भाई पाण्डवहरु घुम्दै आउँदा त्यहाँ ढुंगाहरुलाई सजाएर देवलहरु निर्माण गरिएको भन्ने सामाजिक कथन छ । स्थानियहरुको भनाईलाई आत्मसाथ नगरि यसको संरक्षणको नामा काम गरे जस्तो गरि बजेट मात्र सकने पराम्परा रहे यसको अस्तित्वनै सखाप हुनेमा दुई मत छैन ।
साभारः भक्तपुर सामाचारडटकम ।



Milan Shrestha । १८ जेष्ठ २०७५, शुक्रबार १७:०३ बजे