
सुर्खेत,१२ जेठ । सुर्खेतमा उत्पादित एक प्रशोधित पिउने पानीमा लेउ भेटिएको छ ।
शनिवार (आज) वीरेन्द्रनगर नगरपालीका वडा नं.०९ वडा कार्यालयले आयोजना गरेको आगामी आर्थिक बर्षका लागी आवश्यक रकमको योजना तर्जुमा कार्यक्रममा, उपस्थित जनप्रतिनिधि एवंम् अन्य सहभागीहरुलाई स्थानिय दिनेश गिरीको पसलबाट काँक्रेबिहार वाटर एण्ड फुड इण्डस्टिजले उत्पादन गरी बजारमा बिक्रि बितरणमा ल्याएको मस्ता पानी खरिदमा उक्त लेउ भेटिएको हो ।
पीउने पानीमा लेउ भेटिए पश्चात अखिल नेपाल सुकुम्बासी संघ कर्णाली प्रदेशका अध्यक्ष यामराज मल्लले, यसरी शुद्ध पीउने पानीमा व्यवस्थापन पक्षको चरम लापरवाहि भएको भन्दै यस्ता गलत ढंगबाट पानी उत्पादन गर्नेलाई कडा कारवाहि गर्नु पर्नेमा जोड दिनु भयो ।
यस्तै गरी शिक्षक एवंम् बुद्धिजीवी खड्गबहादुर थापामगरले भन्नु भयो, यो राम्रो कार्य होईन, कहिले काहि उत्पादन गर्ने क्रममा गल्ति हुनु स्वभाविक हो, तै पनि यसरी कम्पनिको नामकै ट्याग लगाएर शिलबन्दी गरिएको पानीमा आखांले देख्ने गरी यस्तो फोहोर भेटिनु सतप्रतिशत गलत हो । त्यसैले कसैलाई कसैको स्वास्थ्य प्रती खेलवाड गर्ने अधिकार नभएको भन्दै कम्पनी नै बन्द गर्नु पर्नेमा जोड दिए ।
वीरेन्द्रनगर वडा नं.०९ का वडा अध्यक्ष सुरेश मानन्धरका अनुशार, यो सतप्रति गलत कार्य हो, जो सुकै होस् गलत कार्य गर्नेलाई कानुन बमोजिम कारवाहि गरीनु पर्ने भन्दै, यसरी जनमानसको दैनिक जीवन संग जोडिएको महत्वपूर्ण पीउने पानीमा चरमा लापरवाहिका साथै सम्बन्धि निकायलाई वेवास्ता गरी पानी उत्पादन गरी बजारमा बिक्रिमा ल्याउने कम्पनी, कम्पनीको मालिक सहित पानी उत्पादनका लागी स्वीकृत दिने निकाएलाई समेत कार्वाहि गर्नु पर्दछ ।
यो पनी पढ्नुस



Milan Shrestha । १२ जेष्ठ २०७५, शनिबार १३:५० बजे