पुल निर्माण कार्य रोकेकोमा स्थानीयद्वारा आपत्ति


३० भाद्र, सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर ५ र ७ जोड्ने खारखोली खोलामा निर्माधिन पुल निर्माण कार्य रोकेको बिरोधमा स्थानियले आपति जनाएका छन ।

स्थानिय चेतानन्द कँडेलको घर नजिकमा रहेको पुल अन्यत्र सार्न लागेको भन्दै स्थानियले विरोध गरेका हुन । उनिहरुले लागत स्टमेट तयार गरी काम समेत शुरु भईरहेको अवस्थामा वीरेन्दनगर नगरपालीकाले काम रोकेको भन्दै दुख व्यक्त गरेका छन ।

स्थानियवासीले बन्न लागेको पुल नरोक्न आग्रह गर्दै आज वीरेन्द्रनगर नगरपालीकाको ध्यानकर्षण समेत गराएका छन । स्थानियले उपप्रमुख मोहनमाया ढकाललाई टोल भेलाले गरेको निर्णय समेत बुझाएका छन, उनिहरुले पुल बन्न लागेको स्थानबाट नै वडा नम्वर ७ देखी ५ हुदै ४ सम्म जोड्ने सिधा बाटो भएको बताएका छन् । उनिहरुले यो सडकले त्यस क्षेत्रका धेरै स्थानियवासीले लाभ लिने भन्दै यही पुललाई नै निरन्तता दिन माग गरेका छन् ।

स्थानियले आजै नगरपालिका संगै वडा नम्बर ५ र ७ मा पनि भेलाको निर्णय प्रतिलिपि बुझाएका छन् । यस अघि कालिका मन्दिर टोल विकास समितिका अध्यक्ष लिलाराम सुवेदी लगायतका पदाधिकारीले पुल बनिरहेको ठाँउ भन्दा करिव २ सय मिटर माथितिर पुल बनाउनु पर्ने नगरपालिकामा दवाव दिएका थिए।