
१५ असोज, सुर्खेत । सुर्खेतको बराहताल गाउँपालीका ३ नं. वडा कार्यालयले ५ दिने घुम्ति शिविर संचालन गरेको छ ।
वडा भित्रका केलाडी, लेखगाउँ, हर्रेकाडा टोलमा असोज १३ गते शिविर संचालन गरिएको वडा सचिव उमेशकेशर खनालले जानकारी दिनुभयो ।
विकट ठाउँ भएकोले घरदैलोमै वडा वासिलाई सेवा दिने उदेश्यले शिविर संचालन गरिएको वडा कार्यालयले जनाएको छ ।
सामाजिक सुरक्षा सेवा , प्रथम चौमासिक भत्ता, वडा कार्यलयवाट हुने सिफारिस , पंजिकरण , नागरिकता सिफारिस , त्यस्तै योजना समिति गठन जस्ता जस्ता सेवाहरु शिविरवाट प्रदान गरिने वडा सचिव खनालले बताउनुभयो ।



Milan Shrestha । १५ आश्विन २०७६, बुधबार २१:१४ बजे