“मोटे ग्याङ्ग नेपाल” सामाजिक कार्यमा अगाडी बढ्दै


२० साउन, सुर्खेत । अहिले सामाजिक काम गर्ने थ्रुपै संघसंस्था र समूहहरु छन् तर यहि समूह र संघसंस्थाहरुको नामका वीचमा फरक नाम लिएर आएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थापित सामाजिक सञ्जाल फेसबुकको समूह “मोटे ग्याङ्ग नेपाल” ।

नाम मै सुन्दा मानिसलाई अचम्म लाग्ने गर्दछ । के नाम हो यस्तो मोटे ग्याङ्ग नेपाल ? नामै त मोटे ग्याङ्ग नेपाल छ यस्तोले के काम गर्छ र ? तर अहिले सोच फरक पर्दै गएको छ ।

मोटे ग्याङ्ग नेपाल कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थापित सामाजिक सञ्जाल फेसबुकको समूह हो । यस समूहका एडमिन कुमार सम्सेर थापा हुनुहुन्छ । नाम भन्दा निकै फरक तरिकाबाट समूहले आफूलाई स्थापित गरिएको छ ।

मोटे ग्याङ्ग नेपालले फेसबुक मार्फत तिब्रगतिमा सूचना र समाचार दिने गरेको छ त्यती मात्रै नभएर समूह सामाजिक सेवामा पनि त्यतिकै अग्रसर भएको छ । यसैवीच मोटे ग्याङ्ग नेपालले वीरेन्द्रनगरका मृगौला पिडित जितबहादुर गुरुङ्गलाई आज विभिन्न व्यक्तिहरुको सहयोगमा आज नगद सहयोग गरेको छ ।

समूहले आफ्ना सदस्य प्रदिप गुरुङ र मिना गुरुङको तर्फबाट युएई (हाल नेपालमा रहनुहुने)  बाट रु ३० हजार र मलेशियाबाट १० हजार राशी सहयोग संकलन गरेर आज पिडितलाई हस्तान्तरण गरेको समूहका एडमिन कुमार सम्सेर थापाले जानकारी दिनुभयो ।

त्यस्तै मृगौला पिडित गुरुङ्गलाई केही दिन अगाडी सामाजिक सञ्जाल फेसबुकको अर्को समूह तनाव छ जिन्दगीले पनि २७ हजार सहयोग गरेको थियो ।

यो पनि पढ्नुस है

मृगौला पिडितलाई “तनाव छ जिन्दगी”को सहयोग