सुर्खेत महिला जेसिज द्वारा विपन्न वालिकालाई सहयोग


१६ असोज, सुर्खेत । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा सुर्खेत महिला जेसीजले विपन्न बालिकालाई शैक्षिक सहयोग गरेको छ ।

महिला जेसिजले वीरेन्द्रनगर वडा नं. २ कोलडाँडाकी सपना बिकलाई सहयोग गरेका हो ।

जेसीजले सपनालाई शैक्षिक खर्च वापत १२ हजार रकम सपनाकी दिदी कोपिला बिकलाई हस्तान्तरण गरेको छ ।

जेसिजका वर्ष २०१९ का अध्यक्ष लक्ष्मी कार्की प्रधान सियाले पाँच हजार पाँच, संस्थाका सदस्य प्रियंका मल्ल भट्टराईले रु दुई हजार, अनु गुरुङ्गले एक हजार पाँच सय, कृष्णा शाही र सुमित्रा श्वाँर गौतमले एक हजार एक सयका दरले सहयोग गर्नुभएको छ ।

लक्ष्मी गुरुङ्ग,पवित्रा गुरुङ्ग, सिता गुरुङ्ख र प्रतिमा मल्लाहले पाँच÷पाँच सयका दरले सहयोग गर्नुभएको छ ।

त्यसैगरी कार्यक्रममा सपना बिकको दिदी कोपिला बिक लाई मोन्टि ब्यूटि पार्लरमा निसुल्क ब्युटिसियन तालिमको लागी प्रमी शाक्यले जिम्मा लिनुभएको छ ।

विपन्न बालिकालाई पढाईको साथै घरखर्च जुटाउन सहयोग होस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको जेसिजका अध्यक्ष प्रधानले बताउनुभयो ।

‘चाडपर्वमा हुने अनावश्यक खर्च कटौति गरेर विपन्न बालिकालाई सहयोग गरेका हौ’ उहाँले भन्नुभयो, ‘यसबाट विपन्न बालिकालाई केही राहत भएपनि हुनेछ ।’

सपना सानै छँदा बुवाको निधन भएपछि आमाले पनि छोडेर गएपछि सपनालाई उनका दाई र दिदीले मजदुरी गरेर पाल्दै आएका थिए । मजदुरीबाट साँझ बिहानको दुई छाक जोहो गर्न पनि मुस्किल हुने हुँदा पढाई खर्च जुटाउन मुस्किल परेको थियो । जसले गर्दा सपनाका दाई र दीदीले पढाई छोडेर मजदुरी गर्दै आएका थिए ।