१८ फागुन, सुर्खेत । यही फागुण २८ देखी चैत्र २ गते सम्म कर्णालीको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुने क्यान इन्फोटेक २०२० मा फुड एण्ड म्युजिकल फेस्टिभलको पनि आयोजना हुने भएको छ ।
स्वच्छ, स्वस्थ अर्गानिक खानाको विकासः अनि सम्भव छ कर्णालीको विकासः भन्ने नारा सहित क्यान इन्फोटेक २०२० मा फेस्टिभलको आयोजना गर्न लागिएको हो । रेडपान्डा ग्रुपको आयोजनामा हुने फेस्टिभलको आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।
कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासको लागि फेस्टिभलले महोत्वपुर्ण योगदान दिने आयोजकले अपेक्षा राखेको छ । अर्गानिक, स्थानिय तथा नयाँ प्रविधिबाट तयार पारिएका खानाको प्रवर्द्धन गर्ने, आन्तरिक तथा बाह्य पर्यटनको संख्या बढाउनमा फेस्टिभलले योगदान पुर्याउने आयोजकको भनाई छ ।
सुर्खेतमा पहिलो पटक संञ्चालन हुन लागेको फेस्टिभलमा विभिन्न परिकारका खाने कुराका स्टल, खाध्य परिकार, राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती पनि रहने छ । रेडप्रान्डा ग्रुपका संयोजक रमेश शाहीले कर्णाली सरकारले घोषणा गरेको यसपालि, घुमौ कर्णाली, को नारालाई फुड टुरिजमको माध्यबाट विकास गरिने बताउनुभयो । उहाँले क्यान ईन्फोटेक २०२० का आयोजक क्यान महासंघ सुर्खेतसंग समन्वय गरेर कार्यक्रमको आयोजना गरिएको भन्दै कर्णालीका उत्पादनहरु मुख्य आकर्षणको रुपमा रहने जिकिर गर्नुभयो ।
कर्णालीमा पर्यटन, प्रविधि तथा कृषि विकासको काममा आफुहरुले गरेको यस्तो किसिमको फेस्टिभलले थप टेवा पुग्ने विश्वास गरिएको बताउनुभयो।
फेस्टिभल संञ्चालनको लागी १० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ८० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।



Milan Shrestha । १८ फाल्गुन २०७६, आईतवार २०:३२ बजे