
मिलन श्रेष्ठ
सुर्खेत, २९ पुस ।
मेल्भिन्स जोन्स डेको अवसर पारेर सुर्खैतस्थित विभिन्न लायन्स क्लबहरुले साता व्यापीरुपमा लायन्स अन्र्तराष्ट्रिय संस्थापक मेल्भिन्स जोन्सको जन्म उत्सव मनाउने क्रममा आज(शनिवार बिहान ) बुलबुले उद्यानमा एक कार्यक्रमका बिच स्टेण्ड सहित गमला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमका अथिति नगर बिकास समितीका अध्यक्ष नारायणकोईराले सुर्खेत जिल्लाकै पर्यटकिय र रमणि स्थल बुलबुले उद्यान क्षेत्रको संरक्षरका लागि पहिलो चरणमा तारबार सहित पर्खाल लगाउने कार्य भईरहेको कुरालाई जोड दिदै उक्त क्षेत्रको संरक्षणका लागी विभिन्न संघ–संस्थाहरु संग सहकार्य गरी अगाडी बढ्नुका साथै यसको संरक्षका लागी सबै लाग्नु पर्ने बताए ।
एम्बेष्टर अफ गर्भनर एमजेएफ लायन बिजय पराजुलीले लायन्स क्लबका संस्थापकको जन्म जयन्ती मनाउने क्रममा जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुले समाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दे आएको र वातावरणीय क्षेत्रमा पनि केहि गर्ने सोचका, सुर्खेत जिल्लामा घुम्ने आउने आन्तरिक एवंम् वाह्य पर्यटकहरु यस क्षेत्रमा घुम्न आउने भएको हुदा, त्यस्ता पर्यटकहरुलाई लोभ्याउन र बुलबुलेको सौन्दयता बढाउनका लागी प्रवेशद्धारमा स्टेण्ड सहितको गमला राखिएको जानकारी दिए ।

ह्स्तान्तरणका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर लायन्स टिकाराम चपाईले समाजमा कोही नभएका र केहि नभएकाहरुलाई सहयोग गर्नु लायन्सहरुको दायित्व र जिम्मेवारी रहेको बताए । उनले सामाजिक क्षेत्रमा लायन्स क्लबहरुलेव धेरै महत्वपूर्ण भुमिका खेलेको भन्दै सामाजिक कामको विस्तार गर्दे जानुपर्ने बताए ।
लान्यस क्लब अफ सुर्खेत, भ्यालीका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, फ्यामिली उमन कोअडिनेटर लायन्स कल्पना कार्की, रिजन चियर पर्सन लायन्स कमल नेपाल, एरिया को चिफ लायन्स सरस्वती बस्नेत, जोन चियर पर्सन लायन्स धनकुमारी खनाल, लायन्स किशोर रेग्मी, लायन्स हरिहर बस्नेत, डिस्ट्रिक अफिसर लायन्स बिन्दु नेपाल, लायन्स मिलन श्रेष्ठ, लायन्स क्लब अफ बुलबुलेका अध्यक्ष भद्र भण्डारी, लायन्स क्लब अफ सुर्खेत शिबबिहारका अध्यक्ष बालकृष्ण श्रेष्ठ, लायन्स क्लब अफ मध्यपश्चिमका अध्यक्ष्ँ भानुभक्त खड्का, लायन्स क्लब अफ सिद्धपाईला अध्यक्ष चन्द्रकुमरी भट्टराई, लायन्स क्लब अफ बुलबुलेका अध्यक्ष्ँ लायन्स गौमाया फौजा, लायन्स क्लब अफ काक्रेबिहारका सचिव रेखा कोईराला, लायन्स क्लब अफ काक्रेबिहाका कोषाध्यक्ष कृष्णा बोहोरा, लायन्स क्लब अफ सिद्धपाईलाका सदस्य ज्ञानु गैरे, लायन्स क्लब अफ बुलबुलेका सचिव सीता शर्मा, लायन्स क्लब अफ भेरीका मुकुन्द गिरी, लायन्स क्लब अफ सिद्धपाईलाका तेजकुमारी चपाई, निशा अधिकारी लगाएतको उपस्थित रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती डिस्ट्रिक एडभाईजर लायन्स टिकाराम चपाईले बुलबुले उद्यानका संयोजक श्याम कडेंललाई फुल सहितको गमला हस्तान्तरण गरेको थिए ।



Milan Shrestha । २९ पुष २०७४, शनिबार १२:३३ बजे