
मिलन श्रेष्ठ
सुर्खेत,१७ असोज । सुर्खेत जिल्लामै स्थापित एक सकहकारी संस्थाले आज वीेरेन्द्रनगरमा एक कार्यक्रमका बिच हिन्दुहरुको महान चाड बिजय दशमी शुभ दिपावली , नयां बर्ष(नेपाल सम्बत् ११४०) र छठ पर्व २०७६ को शुभकामना आदान–प्रदान कार्यक्रम गरेका छन् ।
शुक्रबार बीरेन्द्रनगरमा भएको शुभ–कामना आदान प्रदान संस्थाका सल्लाहकार, संचालक समितीका पदाधिकारी, शेयर सदस्य र कर्मचारीहरुको उपस्थित रहेको थियो ।
शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष गणेश कुमार बस्नेतले नेपाल सरकारले सहकारीहरुका लागी ठोस निती ल्याईनसकेकोले गर्दा संस्थाले कसरी कार्य गर्ने भन्ने कुरामा अन्यौलता रहेको बताउनु भयो । बस्नेतका अनुशार सहकारी ऐन २०७४ र नियमावली २०७५ पूर्ण रुपमा कार्यान्वयनमा आई नसकेका कारण पनि निती नियम अन्तर्गत कार्यमा ढिलाई भईरहेको छ ।




Milan Shrestha । १७ आश्विन २०७६, शुक्रबार १६:२४ बजे