निवर्तमान सभामुख महरा पक्राउ


१९ असोज, काठ्माडौं । निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ । प्रहरीले महरा माथि बलात्कार प्रयासको अभियोगमा पक्राउ गरेको हो ।

प्रहरीले आज (साँझ) आइतवार सभामुख निवासबाट महरालाई पक्राउ गरेको हो । प्रहरीले महरालाई भ्यानमा राखेर लैजाने तयारी गरेतापनि महराको आग्रहमा निजी सवारी साधनमा राखेर लगेको छ ।

सादा पोशाकमा खटिएका प्रहरी संग महरा आफैले प्रयोग गर्ने  बा १८ च ४०० नम्बरको निजी गाडीमा जानुभएको हो ।

प्रहरीका अनुसार महरालाई महानगरीय प्रहरी वृत्त, सिंहरबारमा राखेर अनुसन्धान गरिने बताइएको छ ।

महरालाई १२ असोजको साँझ संसद सचिवालयकी कर्मचारी रोशनी शाही माथि बलात्कारको प्रयास गरेको आरोप छ । गए शुक्रवार निज महिलाले किटानी जाहेर दिएपछि प्रहरीले महरालाई अदालतको आदेश पछि पक्राउ गरेको हो ।