बाल विकास केन्द्रमा ३१ प्रकारका सामग्री हस्तान्तरण


रमेश कुमार वली
सल्यान २७, मंसिर । कपुरकोट गाउपालिकाले गाउपालिका भित्रका वाल विकास केन्द्रहरुमा ३१ प्रकारका शैक्षिक समाग्री हस्तन्तरण गरेको छ । वाल विकास केन्द्रको क्षमता अभिवृद्धी तथा वाल सिकाईमा सुधार ल्याउने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको हो ।
वाल विकास केन्द्रहरु अनुगमन गर्दा केन्द्रहरुमा धेरै समस्या देखिएपछि गाउपालिकाले शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको कपुरकोट गाउपालिकाका अध्यक्ष भिम वहादुर सेनले जानकारी दिनुभयो । “वाल वालिकाहरु वाल विकास केन्द्रमा आएर आफुखशुी खेल्ने, खाने र सुत्न पाउने वातावरण हनुपर्छ यसका लागि वाल विकास केन्द्रहरुको क्षमता अभिवृद्धिका लागि गाउपालिकाले योजना वनाएको छ । ” अध्यक्ष सेनले भन्नुभयो ।
बालविकास केन्द्रमा व्यवस्थापन सुधार, गुणस्तर वृद्धि, पूर्वाधार निर्माण, समुदाय परिचालन तथा सशक्तीकरण गर्नका लागि गाउपालिकाले सहयोग गर्ने अध्यक्ष सेनले वताउनुभयो ।
गाउपालिकाले वाल विकास केन्द्रमा वालवालिकाहरुलाई पोषाक, खेलकुद समाग्री, संगित तथा अन्य शैक्षिक सामाग्रीहरु वितरण गरेको कपुरकोट गाउपालिका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले जानकारी दिनुभयो ।