हरेक वालकहरू शिक्षित होउन्,गुणित होउन्……. “जयन्ती थापा”


२ जेठ, सुर्खेत । “हरेक वालकहरू शिक्षित होउन्,गुणित होउन् र राष्ट्रले खोजेको योग्य नागरिक तैयार होउन्,स्वविवेकले आफ्नो निर्णय आफै गर्न सकुन् अनि वास्तवमै एकआपसमा मानवियताको सञ्चार हुन सकोस् वस् यहि हो चाहाना त्यसैले त म मेरै यात्रामा” यो भनाइ हो विदेशीभूमीमा कर्म गरेर नेपालीभूमी समाजसेवा गर्ने यूवा समाजसेवी जयन्ती थापाको ।

यूवा समाजसेवी थापाले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर १० स्थित मंगलगडी प्रा.वि मा अध्ययनरत १ देखि ५ कक्षा सम्मका सम्पुर्ण विधार्थीलाई झोला तथा शैक्षिक सामग्री गर्नुभएको छ ।

थापाले सुर्खेतमा रहनुभएका आफ्ना पिता धर्मजंग थापा मार्फत शैक्षिक सामाग्री र झोला वितरण गर्नुभएको हो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जयन्ती थापा प्रेरणाको स्रोत भएको बताउनु भयो । सहयोग गर्नका लागि धन भएर मात्र हुँदैन मन पनि आवश्यक हुन्छ भन्दै नगरप्रमुख सुवेदीले भन्नुभयो, ‘बालबालिकाको शिक्षाको गुणस्तरमा विकास गर्नका लागि अभिभावकहरु आफै सक्रिय हुन जरुरी छ ।’

‘सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नका लागि प्रत्येक घरपरिवार र प्रत्येक व्यक्तिले आ–आफ्नो दायित्व सम्झनु पर्दछ’ नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका प्रमुख सुवेदीको भनाई थियो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले बजेट तथा नीति निर्माणको क्रममा बाटो निर्माणमा मात्र नभई शिक्षा, स्वास्थ्य, महिला, दलित तथा रोजगारीको क्षेत्रलाई पनि प्राथामिकता दिनु पर्दछ ।’ उक्त विद्यालयका लागि नगरपालिकाको तर्फबाट एक हजार लिटरको पिउने पानीको ट्याँङ्की उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै सुवेदीले समाजसेवी थापालाई आभार व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा जयन्ती थापाका पिता धर्मजंग थापाले भन्नुभयो, ‘जयन्तीको विशेष अभिरुची भनेको शिक्षामा थियो । आज भन्दा चार पाँच वर्ष अघिदेखि छोरीले समाजसेवामा हात बढाइरहेकी छिन् ।’ ‘कहिले कालिकोटका आगलागी पीडितहरुसँग, कहिले चितवन त कहिले वृद्धाश्रमका आमाबुबासँग अनि कहिले कैलाली पुग्ने जयन्ती कर्मथलो अमेरिकामा रहेपनि उस्ले थालेको समाजसेवाको कारण धेरै असाहय बालबालिकाहरुले शिक्षाको उज्यालो प्राप्त गरिरहेकोमा म गौरवान्वित भएको थापाले बताउनुभयो ।

विद्यालय परिवारको तर्फबाट प्रधानाध्यापक शान्ति ढकालले सहयोगी जयन्ती थापालाई आभार व्यक्त गर्दै उज्जवल भविष्यको कामना गर्नुभएको थियो । कार्यक्रममा जयन्ती थापाका मातापितालाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।