खानेपानी योजना निर्माण सम्पन्न, ५१ घरधुरीका वासीन्दा लाभान्वित


जेठ १४, सुर्खेत ।

कालीकोट जिल्लाको रास्कोट नगरपालिका ३ को पहडेनी खानेपानी योजनाको उद्घाटन गरीएको छ ।

बेलायति महामहिम राजदुत र नगरप्रमुखले संयुक्त रूपमा धारा खोलेर पानी खाई आयोजनको उद्घाटन गर्नुभएको हो ।

सहयोगी हातहरूको समुह सहास नेपाल, पञ्चदेवल समुह र रास्कोट नगरपालिका वडा नम्वर ३ को साझेदारिमा वडा नम्वर ३ को दलित बस्ती कुमालगाँउमा बहुक्षेत्री पोषण कार्यक्रमको साझेदारीमा सहास नेपाल बाट १ लाख, ८५ हजार, ७ सय ७५, वडा कार्यलय बाट ५० हजार र समुदायको ७९ हजार, १ सय ९५ जनश्रम गरी योजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

योजना सम्पन्न भएसँगै ४५ दलित र ६ खस आर्यका गरी ५१ घरधुरीका जम्मा ३ सय ४४ जना जनसंख्या लाभान्वित भएको सहास नेपालका परियोजना अधिकृत नमराज संज्यालले जानकारी दिनुभएको छ ।