
मंसिर ९, (रास्कोट) कालीकोट ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकालाई मदिरा निषेधित नगर बनाउने तयारी सुरु भएको छ । नगरसभाको निर्णय अनुसार नितिगत रुपमा नगर क्षेत्रलाई मदिरा निषेधित बनाउने तयारी भइरहेको छ । नगर सभाको निर्णयलाई ब्यापारीहरुले अटेर गर्दै मदिरा वेचबिखन गर्न नछाडेपछि अन्तमा नगरपालिकाले मदिरा कब्जा गर्ने अभियान सञ्चालन गरेको छ ।
निर्णय भएको एक वर्षपछि नगर वाध्य भएर ब्यापारीहरु माथि कडाईका साथ जाई लाग्नु परेको नगर प्रमुख कासिचन्द्र वरालले बताउनु भयो । उहाँले भन्नुभयो पहिलो पटक वौद्ध्किताका साथ अनुरोध गरेका थियौँ । त्यसपछि धेरै पटक चेतावनी पनि दियौँ, तर ब्यापारीहरुले नगरको निर्णयका बिरुद्धमा मदिरा निरन्तर वेच्न थालेपछि, अव प्रशासनको सहयोगमा आफै गएर पक्की मदिरा समेत जफत गरेर नष्ट गर्ने कार्य गरेका छौं ।
नगरले मदिरा वेच्ने अनुमति लिएका ब्यापारीहरुको लाईसेन्स नगरमा वुझाउन अनुरोध गरेको छ । हाल सम्म १५ जना ब्यापारीले नगरमा लाइेन्स बुझाएको नगर प्रमुख बरालले बताउनुभयो । मदिरा खानेहरुको घर समाजमा गरिवी बढ्ने, सामाजिक सद्भावमा खलल पुग्ने, महिला सिहंसाका घटनाहरु बढ्ने लगाएतका समस्याहरु देखिदै आएकाले मदिरा निषेध नगर गर्नु परेको वडा नं २ का अध्यक्ष तथा समाजिक बिकास समितिका संयोजक दयाराम सिम्खाडाले वताउनुभयो ।
नगरको निर्णय अटेर गर्ने आरसिपि वजारका ब्यापारी अर्जुन शाहीको पसलवाट पाँच लाख वढिको मदिरा जफत गरी नष्ट गरेकोे छ । ब्यापारी शाहीले त्यसको वदला कुनै दिनमा लिने भन्दै नगरपालिकालाई चेतावनी समेत दिएका छन् । यसका बिषयमा नगर उपप्रमुख मिमसरा बम शाहीले आफ्न्तलाई पनि कानुनको कटघेरामा ल्याउने र त्यस्तो भए प्रमाण सहित नगरको न्यायिक समितिमा आउन अनुरोध समेत गर्नु भएको छ । रास्कोट नगरले आफ्नो क्षेत्रमा पुरै मदिरा नष्ट गर्ने लक्ष्य लिएकोे छ ।



Milan Shrestha । ९ मंसिर २०७५, आईतवार १३:५७ बजे