
२० चैत्र, कालिकोट । सान्नी त्रिबेणी गाँउपालिका कालिकोटले दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुको नाम संकलन गरि राहत वितरण गरेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम गर्नकालागि लकडाउन गरे संगै घरबाहिर गई काम गर्न नपाए पछि छाक टार्न समस्या हुनेहरुका लागि चामल, दाल, तेल जस्ता अत्यावश्यक सामानहरु बितरण गर्न सुरु गरेको गाँउपालिका अध्यक्ष डम्बर बहादुर शाहीले बताउनुभयो ।
गाँउपालिकालाे सम्पूर्ण वडाहरुमा राहत बाड्ने छ । अध्यक्ष शाहीले भन्नुभयो । आज हामी वडा नं. १ ,२ र ४ मा गरि ८२ घरधुरीलाई राहत वितरण गरेका छौं । हामीले १ नं वडामा ३० घरधुरीलाई १/१ कठ्ठा, २ नं वडामा १३ घरधुरीलाई पनि १/१ कठ्ठा र ४ नं वडामा ३९ घरधुरीलाई १५ केजीका दर चामल वितरण गरेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।



Milan Shrestha । २० चैत्र २०७६, बिहीबार १७:१० बजे