प्रहरी निरिक्षक निरोज चौलागाइ सम्मानित


उपहार सामाजिक सहकारी संस्थाको आठौं साधारणबाट सम्मानित हुदै ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरिक्षक निरोज चौलागाई ।

मिलन श्रेष्ठ ।
मंसीर,सुर्खेत । उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भेरीगंगा नगरपालिका वडा नं.१० को आठौं बार्षिक चुनावी साधारण सभा बुधवार(आज) संस्थाका अध्यक्ष्य राधिका शर्माको अध्यक्षता तथा भेरीगंगा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष हरि प्रसाद कँडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
चुनावी साधारण सभालाइ सम्बोधन गर्दै प्रमुख अथिति हरि प्रसाद कँडेलले सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण गर्न सम्भव रहेको कुरा बताउनु भयो । भेरीगंगा नगरपालिकामा रहेका सहकारीहरुले भेरीगंगा स्तरीय सहकारी संघ गठनगरी सहकारी क्षेत्रमा स्थानिय सरकारले गर्नु पर्ने कार्यहरुको पहिचान गरि आउन अनुरोध समेत भएको थियो ।
यसैगरी कार्यक्रमका बिशेष अतिथि इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रहरी निरिक्षक निरोज चौलागाइले सम्मानित पश्चात बोल्दै, बिगतमा केही ब्यक्तिहरुले सहकारीका नाममा जनतालाइ ठगेका गर्ने गरेको कुरा बताउदै, यस उपहार सामाजिक उद्यमी महिला सहकारीले सामाजिक कामहरु गरेको र ब्यवसायलाइ जोड दिएर उदाहरिणय कार्य गरेकोमा सहकारीको प्रशंसा गर्नुभयो ।
कार्यक्रमका बिशेष अतिथि जिल्ला कृषी सहकारी संघका अध्यक्ष श्री पन्चकला रावतले सहकारीले नाम र उद्देश्य अनुसारको कार्य गरेको प्रती खुशी व्यक्ति गर्दे उहांले भन्नु भयो कि, यस सहकारीले खसी बाख्राको बजारीकरणको कार्य गरी वास्तवमै नया र उदाहरणीय भएको कुरा बताउनु भयो

चुनावी साधारण सभालाई सम्बोधन गर्दे प्रमुख अथिती हरि प्रसाद कँडेल ।

कार्यक्रमका विशिष्ट अतिथि हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्मा ले हेफरले महिलाहरुको क्षमता अभिबृद्धि गर्दै सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरणका कामहरुमा टेवा पुर्याउने कुरा ब्यक्त गर्नु भएको थियो ।
सुन्दर नेपाल संस्थाका परियोजना संयोजक पदम बहादुर दलामी, काशीराम शर्मा, देउरुपा खत्री, कुन्ती रेग्मी, बिभिन्न सामाजिक उद्यमी सहकारीहरु र अन्य सहकारी संस्थाका प्रतिनिहरु लगाएतको उपस्थिति रहेको सभामा सहकारीका अध्यक्ष राधिका शर्माले सहकारीको प्रगति प्रतिबेदन पेश गर्नु भएको थियो भने सहकारीका कोषाअध्यक्ष नर्मदा वली ले रु.३ करोड ४१ लख ३५ हजार १ सय ५ रुपैयाको आय ब्यय र आर्थिक बर्ष २०७६–०७७ सालका लागी .६ करोड ३० लाख ७ हजार ६०० रुपैया बराबरको प्रस्तावित बजेट सहितको प्रतिबेदन पेश गर्नु भएको थियो भने लेखा समितिले लेखा प्रतिबेदन पेश गर्नु भएको ।

सभामा सम्मानित हुनुभएका शेयर सदस्यलाई नगद सहित दोसल्लाबाट सम्मानित गर्दे परियोजना संयोजक पदमबहादुर दालामी ।

आठौं साधारण सभामाको अवसरमा सहकारीले सन्चालन गरेको सामुहिक खसी बाख्रा बजारीकरणमा उल्लेखीय योगदान पुर्याए बापत इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रहरी निरिक्षक श्री निरोज चौलागाइ लाइ दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसैगरी सहकारी मार्फत धेरै खसी बेच्ने २ जना, सहकारी सुपथ मुल्य पसल बाट नियमित र धेरै कारोबार गर्ने ३ जना ऐच्छिक बचत तर्फ नियमित बचत गर्ने १ जना बचतकर्ता, ५ जना जेष्ठ शेयर सदस्यहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
शेयर सदस्य ट्याउकली नकालका छोरा दुर्घटना परी घाइते भएकोमा उपचार खर्चका लागि नगद रु.१०,०००।–सहयोग गरिएको थियो भने बाल बचत गर्ने १ जना लाइ नगद र दोसल्ला द्धारा सम्मान गरिएको थियो । यसै गरी कार्यक्रममा उत्कृष्ट ४ समुहलाई बाकस, रजिस्टर र कलम प्रदान गरिएको थियो र उत्कृष्ट बाख्रा पालक कृषक १ जना, उत्कृष्ट तरकारी गर्ने किसान १ जना र उत्कृष्ट कुखुरा पालन गर्ने कृषकलाइ नगद सहित दोसल्ला ओढायर सम्मान गरिएको परियोजना संयोजक पदम दलामीले जानकारी दिनु भयो ।
आठौं चुनावी साधारण सभाले पूनः राधिका शर्माको अध्यक्षतामा ८ सदस्यीय संचालक समिती चयन गरेको छ जसको उपाध्यक्षमा कल्पना शर्मा, सचिवमा लक्ष्मी गुरुङ्ग, कोषाध्यक्ष नर्मदा वली, सदस्यहरुमा कमला भण्डारी, निसा सुनार, प्रमिला सुनार, दिपा खत्री र टिका रोका रहनु भएको छ यसै गरी लेखा समिती संयोजक हरिकला बस्नेतको संयोजकत्वमा २ सदस्यीय लेखा समिती चयन गरेको छ जसको सदस्यहरुमा नबिना घर्ति र डिलसरा वली रहनु भएको छ ।