७ फागुन, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणका क्रममा खुसी पार्न विशेष सम्मान दिन भारतीय अधिकारीलाई निर्देशन दिएका छन् ।‘ओलीजीलाई सक्दो खुसी पार्नु भन्ने राष्ट्रपतिको निर्देशनअनुसार नै राष्ट्रपति भवनमा उहाँलाई बस्ने व्यवस्था मिलाइएको हो,’ दिल्लीस्थित कूटनीतिक स्रोतले भन्यो । आजको अन्नपूर्णमा समाचार छ ।
नाकाबन्दीपछिको अवस्थामा ओलीलाई उच्च महत्त्व दिएको देखाएर भारतले मन जित्न खोजेको हुनसक्ने अधिकारीहरुले बताए । भारतले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था मिलाएको छ ।
विगतमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारतले उच्च सम्मान दिँदै राष्ट्रपति भवनमा राखेको थियो ।
प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपालका विभिन्न क्षेत्रमा खर्च हुने गरी कुल ३ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग कार्यान्वयनको विषयले प्राथमिकता पाउने भएको छ ।
साभारः अनलाइन खबर



Milan Shrestha । ७ फाल्गुन २०७२, शुक्रबार ०३:५७ बजे