

मिलन श्रेष्ठ ।
सुुर्खेत, २ पुस । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न हुन गईरहेको होटल व्यवसायी महासंघ नेपालको राष्ट्रिय तेस्रो राष्ट्रिय महाधिवेशनले कर्णाली प्रदेश सरकारले लिएको समृद्धिको नारालाई सफल पार्न सघाउ पुु¥याउने बताउनु भयो । सरकारले सुरु गर्न लागेको पर्यटन बर्ष २०२० लाई पनि सफल गराउनका लागि सहयोग पुुग्नु्ुका साथै कर्णालीको पर्यटन प्रवद्धनमा महत्वपूूर्ण भूूमिका खेल्ले अपेक्षा गरिएको छ । उहाँले भन्नुुभयो, ‘अधिवेशनले कर्णालीको समग्र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै नयाँ पर्यटकीय गन्तब्यको पचिान देशभर हुने छ । कर्णाली सरकारले पर्यटन २०२० मा एक लाख बाह्य पर्यटकहरुलाई कर्णालीमा भित्रयाउने लक्ष्यलाई पुरा गर्न अधिवेशन महत्वपूूर्ण कोशेढुुङ्गा सावित हुुने बिश्वास लिएका छौँ ।’
यही पुस ४ र ५ गते सुुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न हुन गईरहेको पत्रकार सम्मेलनको क्रममा उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष रावतका अनुशार जसरी नेपाल सरकारले पर्यटन एवंम् भ्रमण बर्ष २०२० मनाउनुका साथै यस प्रदेशमा एक लाख पर्यटन भित्राउने लक्ष्य साथ लागेको छ यसमा अधिवेशनले सहयोग गर्र्नछ । जसरी पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका पर्यटकहरुको मनमा कर्णाली भने पछि बिगतका साथै वासका लागी राम्रो होटल छैनन होला भन्ने सोचि रहनु भएको छ अब यस अधिवेशनले वास्तमा त्यस क्षेत्रमा पनि राम्रो र सुविधा सम्पन्न होटलहरु रहेछन् भन्ने सन्देश र प्रचार प्रसार हुदा अब भ्रमण बर्षमा नसोकेको भन्दा बढी पर्यटकहरु भित्रिनेमा आफूले कुनै शंका नलिएको समेत बताउनु भयो ।
साथै होटल व्यवसायी महासंघले बुुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर महाधिवेशनको तयारी पुरा भएको बताएको छ । महाधिवेशनका लागि देशभरका ८० हजार होटल व्यवसायीको प्रतिनिधित्व गर्दै १५ सय भन्दाबढी प्रतिनिधि सुुर्खेतमा भेला हुुनेछन ।
यसै गरी होटल व्यवसयी महासंघका अध्यक्ष अमृत भुुजेलल अधिवेशनमा आउने पाहुनाहरुलाई कर्णालीका पर्यटकिय स्थालसम्म पुु¥याउन सुरु गरिएका जानकारी दिनुुभयो । उहाँले सुुर्खेतको काँक्रेबिहार, मुुगुको रारा, डोल्पाो शे फोक्सुुण्डो, दैलेखको ज्वाला क्षेत्र र सल्यानको कुुपिण्डे दहलगायतका पर्यटकिय स्थलहरुमा अवलोकन गर्न पाहुुनाहरुलाई सुरु गरिएको बताउनुुभयो । कर्णाली पर्यटन उद्योगका साथै सरकारले लिएको अर्गानिक प्रदेश अभियानलाई सफल गराउन पनि सघाउने पनि उहाँको भनाई छ ।
Milan Shrestha । ३ पुष २०७६, बिहीबार ०९:०८ बजे