सुखी परिवार र सुखद भविस्यका लागि…


सुर्खेत २७, असार । सुखी परिवार र सुखद भविस्यको लागि वालवाविह अन्त्य गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला जनसंख्या समुन्वय समिति सुर्खेतले वीरेन्द्रनगरमा गरेको कार्यक्रमका सहभागीले यस्तो जोड दिएका हुन । उनीहरुले वालविवाहका कारण जटिल खालका समाजिक समस्या उत्पन्न हुने र जनसंख्या पनि वढने गरेकोले यसको अन्त्य गर्नुपर्ने उल्लेख गरेका छन । कार्यक्रमा वालविवाह विरुद्ध अभियान संचालन गदै आउनु भएकी किशोरी सजना सुनारले सुर्खेतमा वालविवाह अन्त्य निकै चुनौतिपूर्ण वन्दै गएको वताउनु भएको छ ।

किशोरी रमा आचार्यले आफनो सुखद भविस्य निर्माणको लागि किशोर किशोरीहरु नै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी अन्य किशोरीहरुले विद्यालय र घरमा किशोरीहरुले भोग्नु परेका विभिन्न समस्याहरुवारे चर्चा गरेका छन । कार्यक्रममा सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी निलकन्ठ रेग्मीले आफनो भविस्य निर्माणप्रति आफै सजक हुन किशोर किशोरीहरुलाई सुझाव दिनुभयो ।

यस्तै जिल्ला वाल कल्यान अधिकृत रमा भण्डारीले आफना छोराछोरीको सुखद भविस्यको लागि अभिभावकहरु नै सचेत हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वसन्त अधिकारीले वालविवाहले आमा वच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने भएकोले उमेर पुगेपछि मात्र विवाह गर्न सुझाव दिनुभयो ।

साभारः राराखबर अनलाइन