सुर्खेत बहुउद्देश्यीय सहकारीको १८ औं बार्षिक साधारण सभा ।


सभालाई उद्घाटन गर्दे, प्रमुख अथिती थानी ।

पुस,१२ सुर्खेत । सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाले शनिवार(आज) सम्पन्न गरेको १८ औं बार्षिक साधारण सभामा, सभाका प्रमुख अथिती एवंम् नेपाल बहुयद्देश्यीय सहकारी संघका केन्द्रीय चन्दबहादुर थानी ले उक्त कुरा बताउनु भएको हो । प्रमुख अथिती थानीका अनुशार, कहि नभएको जात्रा हाडि गाउमा भने झै, संसारका ठुला राज्यहरु अमेरिकामा सहकारीहरुका लागी कर निती छैन र सरकारले सहकारीहरुलाई कर लगाएको छैन, यसै गरी सहकारीको क्षेत्रमा अग्रगति लिईरहेका राज्यहरु भारत र श्रीलंकामा सहकारीहरुलाई कर लाग्दैन र सहकारी क्षेत्र बाट नै उल्लेखनिय योगदान प्राप्त गरेको बंगलादेशमा त ३ प्रतिशत मात्र कर लाग्द छ भने , नेपालका सहकारीहरुले मात्र किन यती कर तिनु पर्ने ।

प्रमुख अथिती थानीका अनुशार नेपाल सरकारले राज्यको बिकास क्षेत्रका लागी सहकारीलाई मेरुदण्डका रुपमा लिएता पनि सहज तरिकाले कार्य गर्ने बातारण नभएको बताउनु भयो । सरकारले एकातीर सहकारी मार्फत देशलाई बिकास गर्न सकिने भन्ने धारण त राख्यो तर अर्कौ तीर सहकारीका शेयर सदस्यहरुले आफ्नो एक छाक काटेर सहकारीमा जम्मा गरेको बचतका साथै शुद्ध सेवा भावना बाट संचालित भएको सदस्यलाई चर्को कर लगाएर ढांड सेक्ने कार्य गरको छ ।

थानीले भन्नु भयो सहकारी ऐन २०७४मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुले ३० प्रतिशत कार्य बहुउद्देश्यीय अनुशार गर्नु पर्ने र ७० प्रतिशत कार्य बचत तथा ऋण गर्ने भनिएका पनि सहकारी नियमावली २०७५ पारित भएर आउदा ठिक त्यसको बिपरित भएर आयो, ३० प्रतिशत कार्य बहुउद्देश्यीय अनुशार गर्नु पर्नेमा ७० र ७० प्रतिशत कार्य बचत तथा ऋण गर्नेमा ३० प्रतिशत भएर आएकै कारण उक्त नियमावली त्रुतिपुर्ण भएको बताउनु भयो, उहांका अनुशार बहुउद्देश्यीय सहकारी संस्थाले कति ठाउमा कर तिर्ने यदि कर तिनुपर्ने भए हामी एकै ठाउमा एकै प्रणाली बाट तिर्दछौं ।

कार्यक्रमका अथिती एवंम् संस्थापक अध्यक्ष धु्रबकुमार श्रेष्ठले अब राज्यले सहकारीको भुमिका खोजी रहेको बताउनु भयो, सभामा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । श्रेष्ठका अनुशार सरकारको तीन खम्बे निती अन्तर्गत सहकारी पनि एक खम्बा रहेको हुदा अब देश बिकासका लागी सहकारीहरु पनि लाग्नु पर्ने र सरकार अनि निजि क्षेत्रसंग हातेमालो गर्न आवश्यक रहेको साथै प्रदेश सरकारले पनि उक्त कुरालाई प्रथामिकतामा राखि मस्यौदा तयार गर्न अभ्यासमा लागीरहेको छ ।

सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा, कार्यक्रमका अथितीहरु पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवंम् प्रस्ताविक कर्णाली प्रदेश सहकारी संघका बरिष्ठ उपाध्यक्ष भिमबहादुर भण्डारी, जिल्ला सहकारी संघ सुर्खेतका कार्यालय प्रमुख ढाकाराम न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि नगेन्द्र योगी लगाएतको उपस्थित रहेको थियो ।

यसै गरी सहकारीको १८ औं बार्षिक साधारण सभामा सभामा सभापति गणेशकुमार बस्नेतले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमले आर्थिक बर्ष २०७५÷०७६को रु ३८ करोड १५ लाख ९१ हजार ७ सय ९१ रुपैयाको यर्थात कारोवारको प्रतिवेदन पेश गर्नु भएको थियो भने आगामी बर्ष २०७६÷०७७ का लागी रु ४२ करोड, ९५ लाख, ३५ हजार ८ सय ८० रुपैया बराबरको प्रस्तावित आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । यसै गरी कर्जा— उपसमितीका संयोजक महेश्वर तिवारीले व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा लगानी भएको कुल १४ करोड ०८ लाख ०७ हजार कर्जा प्रतिवेदन पेश गर्नु भएको थियो ।

संस्थाका सचिव दिपेन्द्र ढकालले सहजीकरण गर्नु भएको १८ औं बार्षिक साधारण सभामा शिक्षा उप—समितीका संयोजक मिलन श्रेष्ठले शिक्षा प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितीका सदस्य नगेन्द्र चौलागाईले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।

१८ औं बार्षिक साधारण सभाको अवसरमा शैक्षिक सत्र २०७५ को एस.ईई परिक्षामा सर्वेकृष्ट अंक प्राप्त गर्ने छात्र तर्फ वीरेन्द्रनगर नगरपालीका वडा नं.६ बस्ने राजन प्रकाश शाक्यका छोरा सनम शाक्यलाई नगद ५ हजार १ रुपैया र सम्मान पत्र सहित सम्मानित गरिएको थियो ।
यसै गरी आर्थिक बर्ष २०७५÷२०७६ सालमा केन्द्रिय कार्यालय वीरेन्द्रनगरका असल बचतकर्ताको पुरुष तर्फ टोपबहादुर विसी, महिला तर्फ कान्ती श्रेष्ठ र सेवा केन्द्र मेहेलकुनाका पूरुष बचत सदस्य प्रेमबहादुर वली यसै गरी महिला बचतकर्ता टीका कुमारी विसीलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो भने असल ऋणको कारोवार गर्ने ऋणीहरु कविराम थापा, देवकुमारी कार्कि, शुरबहादुर शाही र सावित्रि कुमारी थापालाई सम्मान गरिएको थियो ।

सभामा संस्थाका शेयर सदस्य ज्युहरुको मृत्युको अवस्थामा प्रदान गर्दे आईरहेको राहत कोष वापत यस बर्ष स्वर्गिय श्रवणकुमार शाहीकी धर्म पत्नी धनकुमारी शाहीलाई रु १० हजार, स्वर्गिय सर्वजित केप्चाकि मगरका धर्मपत्नी पबित्रा केप्चाकि मगरलाई रु ५० हजार र दलसिंह वुढाको धर्मपत्नी सेतु वुढालाई रु १० हजारको चेक हस्तान्तरण गरिएको थियो ।