
मिलन श्रेष्ठ
बैशाख,१६ सुर्खैत । सुर्खेतस्थित लायन्स क्लबहरुले डिउटिमा खटिएका सुरक्षाकर्मिहरुलाई दहि र पानी खुवाएका छन् ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले सबै तिर बन्द भएको छ, जसका कारण होटल–पसल नखुलेकाले डिउटीमा खटिएका सुरक्षाकर्मिहरुलाई दहि र पानी खुवाइएको हो ।

लायन्स क्लबहरुको आयोजन तथा विभिन्न दाताहरुको आर्थिक सहयोगमा खाजा बितरण गर्दै आइरहेको लायन्स क्लब अफ सिटीका बर्ष २०१९÷२०२०का अध्यक्ष लायन्स तारा रावतद्धारा विभिन्न स्थानमा खटिनु भएका २ सय जना सुरक्षाकर्मिहरुलाई दहि पानी खुवाएको छ ।
देशमा लकडाउन शुरु भएदेखि लायन्स क्लबहरुद्धारा चालिएको खाजा बितरण कार्यक्रमको हिजो चौथो दिन सम्म काठमाडौं लगायत देशका विभिन्न जिल्लाहरुबाट कर्णालीमा भित्रिने गरेका यात्री र बटुवालाई खाना–खाजाको व्यवस्था गरिसकेको छ भने पाचौ दिन आज जिल्लाको विभिन्न नाकाहरु सुब्बाकुना, धुलियाबिट, पिपिरा, एयरपोटा चौक, मंगलगढि चौक, एरिचौक, बागेसिमल लगाएतका विभिन्न स्थानमा सुरक्षाका लागि खटिनु भएको २ सय जना सुरक्षाकर्मिहरुलाई दहि पानी खुवाईएको डिस्टिीक अफिसर भद्र भण्डारीले जानकारी दिनु भयो ।
कर्णाली प्रदेश सरकारले यात्रु र बटुवालाई खाना–खाजाको व्यवस्था गर्न सामाजिक संघसंस्थाहरूलाई सार्वजनिक अपिल गरेको थियो । यस्तो विपद्को समयमा सहयोग गर्नु लायन्स क्लबहरुको पनि दायित्व भएकाले खाजा खुवाएको डिस्टीक अफिसर लायन बिनु सि भास्करले बताउनु भयो । कलायन्स क्लबले आयोजना गरेको आजको कार्यक्रममा डिस्टिक अफिसर बिनु सि भास्कर, डिस्टीक अफिर चन्द्रा भटराई, लायन्स क्लब अफ सिद्धपालाईलाको दासो उपाध्यक्ष लायन ज्ञानु गैरी र लायन्स अफ सिटिका सदस्य लायन्स टीका भण्डारी लगायतको उपस्थित रहेको थियो ।



Milan Shrestha । १६ बैशाख २०७७, मंगलवार १९:१९ बजे