
माघ,१० सुर्खेत । वीरेन्द्रनगर नगरपालिका उपमेयर मोहनमाया ढकालले बैंकको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक कार्यालय तथा सहायक कार्यालय सुर्खेतको ५५ औं बार्षिकोत्सव शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको कार्यक्रममा उहांले सो कुरा बताउनु भएको हो ।
उहांले भन्नु भयो, ‘बैंकको सेवा प्रवाहप्रति सेवाग्राही सन्तुष्ट छन्, तर समय र सेवाग्राहीको माग अनुसार बैंकले आफ्नो सेवा प्रवाहलाई जोड दिनुपर्छ ।’ व्यवसाय गर्न चाहने सेवाग्राहीलाई ऋण लगानी गर्न बैंक तयारी हुनुपर्ने उनको भनाइ छ ।
बैंकका कर्णाली प्रदेश प्रमुख शालिकराम पोखरेलले ग्राहकको विश्वास जित्नेगरी बैंकले आफ्नो सेवा प्रवाहमा जोड दिएको भन्दै भएका कमि कमजोरीलाई सुधार्दै लैजाने बताउनु भयो ।

उहांले बताउनु भयो कि,‘सेवाग्राहीको साथसहयोगले बैंकको ५५ बर्ष पार भयो, आगामी दिनमा पनि थप आकर्षक सेवा दिने बैंकले रणनीति थालेको छ ।’
यसै गरी कार्यक्रमका अथिती एवंम् उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष धनबहादुर रावतले बैंकले व्यापारीबाट असुल्ने चर्को व्याजदर घटाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखा प्रमुख लिलाराम ढुङगानाले आधुनिक प्रविधिको विकाससँगै बैंकले सेवाप्रवाहलाई पारदर्शी र प्रभावकारी बनाएको जानकारी दिदै, यस आर्थिक बर्ष २०७५÷०७६को पुस मसान्त सम्ममा सुर्खेत शाखाले २ अर्ब ४४ करोड ८५ लाख ४२ हजार पाँच ७० कर्जा लगानी गरेको छ । जसमा बैंकले नौं करोड ९४ लाख ७७ हजार चार सय ३६ रुपैयाँ नाफा लिएको छ ।



Milan Shrestha । ११ माघ २०७६, शनिबार १३:०८ बजे