कोपिला भ्यालीद्वारा ५७ स्थानीय तहमा राहत सामाग्री हस्तान्तरण


२९ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिको रफ्तारमा बढी रहेको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणकालागि कर्णाली प्रदेशमा स्वास्थ्य राहत सामाग्री हस्तान्तरण गर्दै आएको कोपिला भ्याली सेवा समाजले प्रदेशो ७९ स्थानीय तह मध्य ५७ वटामा सामाग्री हस्तान्तरण गरेको छ ।

५७ वटा स्थानीय तहमा सामाग्री हस्तान्तरण गरिसकेको सेवा समाजले बाँकी रहेका स्थानिय तहहरुमा राहत सामाग्री पठाउने तयारीमा रहेको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिनुभयो ।

समाजले ५५८ वटा क्वारेन्टाइनमा रहेका ३० हजार ३ सय ६१ जना नागरिककालागि स्वास्थ्य राहत सामाग्री उपलब्ध गराएको थियो भने क्वारेन्टाइन अनुसार २/३ बोराका दरले चामल, १/२ सेटका दरले पिपिइ, पानी खाने बाल्टिन, ओच्छ्याउने डसना, प्रत्येक स्थानीय तहलाई 1र१ रोल पि-फम लगाएतका राहत सामाग्री सम्बन्धित स्थानिय तह हरुलाइ हस्तान्तरण गरेको अध्यक्ष मल्लले बताउनुभयो ।