मानवअधिकार संरक्षणका लागि कार्ययोजना निर्माण


कालिकोट माघ २३ । जिल्लामा  गठनभएका मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवाससँग सम्बन्धित समस्याको पहिचान गरी कार्ययोजना निर्माण गरेका छन् ।

मानव अधिकार समूह शुभकालिकामा बिहीबार आयोजित मानवअधिकार समुहको वैठक तथा कार्ययोजना निमार्ण कार्यक्रमवाट गाउँपालिकामा शिक्षा स्वास्थ्य, खाद्य र आवासको अधिकारका लागि समस्या पहिचानकासाथ कार्य योजना निर्माण गरिएको हो ।

इन्सेक जिल्ला प्रतिनिधि कालीवहादुर मल्ल र जिल्ला सहजकर्ता रमेश सुनारले सहजिकरण गर्नुभएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारी,बालअधिकार चेतना समुहका प्रतिनिधिहरुले विद्यालयमा शिक्षकको अभाव, खानेपानीको समस्या, भौतिक पूर्वाधारको अभाव,दिवा खाजाको दुरपयोग,गाउँमा औषधीको अभाव लगाएतका समस्याहरुको पहिचान गरि वर्गाीकरण गरिएको थियो ।

पहिचान गरिएका समस्याहरुको समाधानको लागि स्थानीय तहमा रहेका जनप्रतिनिधिहरुलाई जिम्मेवार वनाउन मागदावी पेस लगाएतका कार्यक्रमसहितको कार्ययोजना निर्माण गरिएको मानवअधिकार समुह खाँडाचक्र नगरपालिका संयोजक अविसरा अधिकारीले वताउनु भयो । खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकामा आयोजित खाद्य अधिकार सम्मवन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले स्थानीय तहमा रहेका विद्यालयमा जाने दिवा खाजा दुरुपयोग, कर्णालीका बालबालिकाहरुलाई दिइने बाल पोषण भत्ता,बहुक्षेत्रीय पोषण कार्यक्रम र आमा स्याहार कार्यक्रम समेतमा व्यापक दुरुपयोग भएकाको वताउनुभयो ।

कार्यक्रममा शुभकालिका महिला शाखा प्रमुख अम्रीता अधिकारी,पशुसेवा शाखा प्रमुख मनवहादुर महतारा, शिक्षक अलिवहादुर शाही,अभिभावक कृष्णवहादुर शाही,विद्यार्थी अस्मीता शाही लगाएतले बालपोषण दिवा खाजा लगाएतको रकम महिला अभिभावकलाई हस्तान्त्रण गरेमा मात्र सदुपयोग हुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा शिक्षक, मानव अधिकार समूह, कृषक, विद्यार्थी, अभिभावक,शिक्षक लगाएतको सहभागिता रहेको थियो ।