मनिराज पाण्डे
८ फागुन,कालिकोट । पलाँता गाउँपालिकामा रैथाने वालीको जोगाउन खाद्य कचहरी गरिएको छ ।
स्थानीय उत्पादनमा जोड दिदै रैथाने वालीको संरक्षण र बजारिकण गर्न खाद्य कचहरी गरिएको हो । पलाँता गाउँपालिकाको वडा नं. ६ मा गरिएको खाद्य कचहरीमा स्थानीयले ५ बुदे सामुहिक प्रतिबद्धता गरेका छन् ।
रैथाने वाली संरक्षण तथा सुन्तुलित आहारका लागि जनचेतना मुलक अभियान संचालन गर्ने, जलबायु उत्थानशिल कृषि प्रबिधिको प्रयोग गर्ने, प्राङ्गगारी मल र जैविक बिषादीको प्रयोग गर्ने, महिलाहरुलाइ आर्यआर्जनमा टेवा पुग्नेगरी फलफुल तथा नगदेवालीमा संलग्न गर्ने र समुदाय स्तरमा खाद्य कचहरी संचालन गर्ने भएका छन् । यहाँ पाइने कोदो, जौ, जुनलो, कागुनो लगाएतका अन्न बालीहरु लोभ हुन थालेपछि स्थानीयहरु भेला भएर खाद्य कचहरीको आयोजना गरेको वडा नं. ६ का अध्यक्ष रुपबहादुर रोकायाले बताउनुभयो ।
पलाँता गाउँपालिका उच्च खेडेरी र खुख्या भुभाग भएको क्षेत्र हो । यस क्षेत्रमा सिचाँइको सुबिधा धेरै कम छ । किर्डाक नेपाल द्धारा संचालीत हिमाली क्षेत्रका किशोरीहरुको भोकमारी र बन्चीतीकरण अन्त्यका लागि सक्रारात्मक कार्य परियोजना अन्तरगत खाद्य कचहरी सम्पन्न गरिएको परियोजना अधिकृत खकेन्द्र बिष्टले बताउनु भयो ।



Milan Shrestha । ८ फाल्गुन २०७६, बिहीबार १८:४० बजे