
१३ चैत्र, सुर्खेत । सामाजिक सञ्जाल फेसबुको चर्चित समूह मोटे ग्याङ्ग नेपालले आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत प्रवेश गर्ने नाका सुब्बाकुना प्रहरी चौकीमा १० पेटी पिउने पानी र करिब ५० थान मास्क हस्तारण गरेको छ ।
विश्वव्यापी रुपमा तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारी रोक्न दिनरात नभनी अहोरात्र खटिएका नेपाल प्रहरीका सुरक्षाकर्मीहरुकालागि पानी र माक्स हस्तान्तरण गरेको समूहका एडमिन कुमारसम्शेर थापाले बताउनुभयो ।
सुरक्षाकर्मीहरुलाई पानी तथा माक्स यूवा व्यावसायी बखत शाहीले आफ्नो जन्मदिनको अवसरमा मोटे ग्याङ्ग नेपाल समूह मार्फत सहयोग गर्नुभएको एडमिन थापाले जानकारी दिनुभयो ।
मोटे ग्याङ्ग नेपाल समूहले समयसाक्षेप विभिन्न संघसंस्था एवं व्यक्तिहरु संग सहयोग र सहकार्य गर्दै समाजिक कार्यमा अगाडी बढ्दै गएको छ । समूहमा हाल सम्म करिब ५० हजार सदस्य आबद्ध रहेका छन् ।



Prawash Kumar Shakya । १३ चैत्र २०७६, बिहीबार १९:५४ बजे