राजधानीबाट बाहिर फर्कने लर्को, बस टिकट पाउन मुस्किल (भिडियो सहित)


७ चैत्र, काठमाडौं । संसारभर आतंकित पार्दै तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को फैलन सक्ने संक्रमणको असरलाई ध्यानमा राख्दै सरकारले सबै कार्यक्र, परिक्षाहरु स्थगित गरे संगै राजधानीबाट बाहिरेको संख्या तिब्ररुपमा बढेको छ ।

 विषेश गरेर राजधानीमा अध्ययन गरिरहेका विद्यार्थीहरु राजधानी छोडेर घरजानेहरुको बाक्लो भिड अहिले काठमाडौै बसपार्कमा देखिएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतकालागि आगामी ३ दिन सम्मकालागि सिट प्याक भैसकेको देउती नागरिक यातायात प्रालिका बस चालक निखिल विसीले बताउनुभयो ।

यसैवीच यातायात व्यवस्था कार्यालयले कोरोनाको असरलाई ध्यानमा राख्दै यो महिनाभर सार्वजनिक यातायातलाई रुटप्रमिट नचाहिने जनाएको छ ।