
भाद्र १९, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते ३ जना मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
मंगलगढी धुलियाविट सडक खण्ड अन्तरगत रहेको कर्मचारी सञ्चय कोषको कार्यालय नजिकै भे ३ प २०८८ र भे ८ प ३१३८ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।
सुर्खेतका ट्राफिक प्रमुख हरिबहादुर विसीका अनुसार घाइते मध्ये १ को अवस्था गम्भीर छ, भे ८ प ३१३८ नम्बरको मोटरसाइकल चालक वीरेन्द्रनगर ३ मसुरीखेतका विक्रम शाही र भे ३ प २०८८ नम्बरका चालक जुम्ला सिंञ्जा घर भई हाल वीरेन्द्रनगर ३ तातापानी बस्ने मनाजे र अर्को एक जना घाइते भएका हुन् ।
प्रमुख विसीका अनुसार मोटरसाईकल पछाडी सवार एक जनाको परिचय खुलेको छैन भने १ जनाको अवस्था गम्भीर छ । घाइते सबैजनाको स्थानीय माया नर्सिङ् होममा उपचार भइरहेको छ ।



Milan Shrestha । १९ भाद्र २०७५, मंगलवार १६:०३ बजे