९ चैत्र, सुर्खेत । विश्वलाई नै आतंकित पार्दै तिब्रगतिमा फैलिरहेको कोरोना भfइरस (कोभिड-१९) को महामारीलाई ध्यानमा सुर्खेत उद्योग बाणिज्य संघमा आज बसेको बैठकको निर्णय अनुसार अत्यावश्यक बस्तुका चिज बाहेक अन्य व्यावसायहरु भोली १० गते देखि १४ गते सम्मकालागि बन्द गरिने बताइएको छ ।
कोभिड १९ को संक्रमणलाई फैलन नदिन नेपाल सरकार र प्रदेश सरकारले अवलम्वन गरेका हरेक नितीलाई प्रभावकारी कार्यान्वयन प्रत्येक नागरिक, संघसंस्था र निकाय संगै निजी क्षेत्रको पनि दायित्व भएको कारणले यहि चैत्र १० अर्को सूचना जारी नभए सम्मकालागि बन्द गर्नकालागि सम्पूर्ण व्यावसायीहरुकामा अपिल गरिएको संघ द्वारा जारी अपिलमा जनाइएको छ ।




Prawash Kumar Shakya । ९ चैत्र २०७६, आईतवार १८:३९ बजे