११ करोडमा बिक्यो आलुको फोटो !


अहिले सिजनमा खुद आलुकै भाउ निकै सस्तो छ भने जाबो आलुको फोटोको भाउ त कति पो पर्ला ? तर यसो भनेर कहाँ हुँदोरहेछ र ? एउटै आलुको तस्वीरको मूल्य त ११ करोड रुपैयाँसम्म पर्दोरहेछ ।
सायद यति पैसाले त स्वयं आलु नै किनर धेरै गोदाम भर्न सकिन्थ्यो होला । तर महंगो तस्वीरको दुनियामा यहीँ सस्तो आलुले बाजी मार्दै आलुको एउटा तस्वीर दुनियाको सबैभन्दा महंगो तस्वीर बन्न सफल भएको छ । आलुको त्यो विशेष तस्वीर १० लाख डलर अर्थात् झण्डै ११ करोड डलरमा बिकेको छ ।
एलाइट रिडर्स डट कमको रिपोर्ट अनुसार Potato#345(2010) नाम दिइएको उक्त आलुको तस्वीर फोटोग्राफर केभिन एवोसले खिचेका हुन् ।
उनले उक्त फोटोमा निकै लोकपि्रय कालो पृष्ठभूमिको प्रयोग गरेका छन् । नाम नखुलाइएका एकजना धनाढ्य मानिसले यो फोटो यति महंगो मूल्यमा खरीद गरेका हुन् । फ्रान्सको पेरिसमा रहेको केभिनको घरमा पुगेका बेला त्यहाँ राखिएको उक्त आलुको तस्वीर मन पराएर ती धनाढ्यले यति महंगो मूल्य चुकाए । ती खरीददार व्यक्ति केभिनका प्रसंसक समेत हुन् । केभिनले खिचेका तस्वीरमध्ये यो अहिलेसम्मकै महंगो तस्वीर हुनुका साथै दुनियामा सबैभन्दा महंगो मूल्यमा बिकेका तस्वीर मध्ये एक हो ।
केभिन आयरल्याण्डका निकै चल्तीका आर्ट फोटोग्राफर हुन् । अमेरिकाको सिलिकन भ्यालीका सबैजसो चर्चित व्यवसायीहरुको पोट्रेट उनले तयार गरेका छन् । यसका लागि उनले ५ लाख डलर सम्म शुल्क लिने गर्छन् ।
साभारः अनलाइन खबर