श्रमिकहरुको खानपान तथा राहतको व्यवस्था गर्न सरकारसंग माग


१८ चैत्र, सुर्खेत । नेपाल ट्रेड यूनियन काँग्रेस तथा संयुक्त ट्रेड युनियन समन्वय परिषद कर्णालीले कोरोना भाईरस मारमा सबै भन्दा धेरै दैनिक ज्यालादारीबाट जीविका चलाउने श्रमिकहरु परेको भन्दै खानपान तथा राहतको व्यवस्था गर्न सरकारसंग माग गरेको छ।

परिषदका कर्णाली संयोजक गोपालकृष्ण गिरीले एक विजप्ति जारी गर्दै श्रमीकहरुको खानपिनमा ध्यान दिन तिनै तहका सरकारलाई आग्रह गर्नुभएको छ । सरकारले ७ दिनको लकडाउन बढाएर पुन ८ थपेपछि यसको प्रत्यक्ष रुपमा ज्यालादारीबाट जीविका चलाउने श्रमिकहरुलाई असर परेको छ।

विज्ञप्तीमा स्वास्थ्य श्रेत्रका श्रमिक तथा दैनिक उपभोग्य वा अति आवश्यक सामान निर्माण तथा ओसार पसार गर्ने श्रमिकहरु यस कोरोना भाईरसको उच्च जोखिममा रहेका समेत जनाइएको छ। श्रमिक दैनिक ज्याला कटौती ज्यालादारी, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई खानपान तथा राहतको सुनिश्चित गर्न र अन्य जिल्लाका श्रमिकहरुलाई आ आफ्नो घरसम्म जाने ब्यवस्था ब्यवस्था मिलाउन समेत सरकारको ध्यनाकर्षणका गराएको छ।

यसैबीच युनियनले श्रमिकहरुलाई कोरोना भाईरसबाट जोगिनका लागि सरकारको निर्देशन पूर्णरुपमा पालना गर्नका लागि विविध माध्ययमबाट समन्वय गर्नुहुन सबैमा अनुरोध गरेको छ।