नेपाल बैंक लिमिटेडले प्रदेश विपद कोषमा ५ लाख जम्मा गर्यो 


२० चैत्र, सुर्खेत । विश्वमा आतंक मच्चाउँदै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीको जोखिमलाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद व्यवस्थापन कोषमा आज ५ लाख जम्मा भएको छ ।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश कार्यालय प्रमुख बाबुराम काफ्लेले आज  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५ लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

नेपाल बैंक लिमिटेडले  प्रत्येक प्रदेशमा ५/५ लाख रुपैया राहत कोषमा सहयोग दिने निर्णय अनुरुप आज कर्णाली प्रदेशको विपद कोषमा रकम हस्तान्तरण गरेको सुर्खेत शाखा प्रमुख गणेश कुमार खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो । बैंकले संघीय सरकारको विपद कोषमा १ करोडको सहयोग रकम जम्मा गरिसकेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रदेश कार्यालयका आईटी प्रमुख दिपेन्द्र राईको पनि उपस्थिति रहेको थियो ।