
२० कार्तिक, सुर्खेत । भारतले हालै प्रकाशित गरेको नयाँ नक्सामा हाम्रो देशको कालापानी र लिपुलेक फेरी आफ्नो तर्फ राखेपछि अनेरास्ववियूका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
अनेरास्ववियूको केन्द्रिय कार्यक्रम अनुसार आज सुर्खेतमा पनि विरोध र्रयाली गरिएको छ ।
र्रयाली पछि गरिएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियूका पूर्व केन्द्रिय सदस्य देवीचन्द्र उपाध्यायले अनेरास्ववियू सत्तापक्षको विद्यार्थी संगठन भएपनि छिमेकीले गिद्दे नजर लगाई सिमा मिच्दा चुप लागेर बस्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो । हामी देशकालागि शहिद हुन पनि तयार छौ ।
त्यस्तै विद्यार्थी नेता प्रेम खड्काले कालापानी र लिपुलेकबाट भारती पक्ष लखेटन अनेरास्ववियू लागि परेको बताउनुभयो ।
कोण सभालाई समापन गर्दे अनेरास्ववियू सुर्खेतका अध्यक्ष धुपेन्द्र शाहीले देशको पक्षमा हामी सडक र सदनबाट जहिलेपनि आवाज उठाई रहेका छौ र उठाइरहने छौ भन्दै सबै विद्यार्थी संगठनलाई अहिलेको आन्दोलनमा सामेल हुन आग्रह गर्नुभयो ।




Milan Shrestha । २० कार्तिक २०७६, बुधबार १८:१२ बजे