फागुन २८, काठमाडौं । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ ।
उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको बुझिएको छ ।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी जम्मा ७१ जना सवार थिए ।
बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।



Milan Shrestha । २८ फाल्गुन २०७४, सोमबार ०९:३७ बजे