कोरोना परिक्षण गर्ने टेस्टिङ्ग बुथ प्रदेश अस्पताललाई हस्तान्तरण


२८ चैत्र, सुर्खेत । कर्णाली प्रदेश सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल लाई बिरामीको सम्पर्क बिना नै कोरोना परीक्षण गर्ने कोरोना टेस्टिङ बुथ हस्तान्त्रण गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक सहयोगमा काइचो ग्रुप सुर्खेतले आज  कर्णाली प्रदेश अस्पताललाई निशुल्क हस्तान्तरण गरेको छ । यो टेस्टिङ्ग बुथ कोरोना भाइरस (COVID-19) टेस्टिङ बूथ हो। यस प्रकार को बूथ सर्वप्रथम दक्षिण कोरियाले बिकास गरेको काइचोले जनाएको छ ।

हामीले यस बूथमा स्थानिय श्रोत साधन प्रयोग गरेर हाम्रो अस्पताल र स्वास्थ्यकर्मी लाई सहज हुने गरी मोडिफाइ गरेको हौ । यस बूथमा स्वास्थ्यकर्मीलाई अक्सिजनको कमी नहोस भनेर हावा भित्र र बाहिर फाल्ने पंखा, रातिको समयमा बिरामी जाच गर्न मिल्ने गरी नाइट लाइट, स्वास्थ्यकर्मीले बिरामी सँग सम्वाद गर्न मिल्ने अडियो सिस्टम, बिरामीको ज्वरो जाँच गर्न मिल्ने गरी थर्मल गनलाई झुन्ड्याउने ह्यङगर सहीत को सुबिधा रहेको छ ।

यस बूथ ले PPE को खपतलाई काम गर्नेछ। यस बूथ को साहयताले स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्क नआइकन जाँच गर्न सक्दछन् । जसले गर्दा सामान्य ज्वरो आएका वा अन्य रोगका बिरामी लाई समेत सेवा पाउन सहज हुन्छ । यो बूथ लकडाउनको समयमा पनि आवश्यक सामाग्री जुटाएर काम समयमा तयार गरेको हौ । आवश्यक परेको खन्डमा १ दिन मा २ वटा सम्म बूथ तयार पर्न सकिने काईचो ग्रुप सुर्खेतका अध्यक्ष अमिन बिष्ट बताउनुभयो